‘सयकडा दश’ लाई बैंकक प्रिमियरमा मिठो प्रितिक्रिया

‘सयकडा दश’ लाई बैंकक प्रिमियरमा मिठो प्रितिक्रिया

केन्द्रबिन्दु
0
Shares

घरमा रिलिजपूर्व ‘सयकडा दश’ ले अन्तर्राष्ट्रिय प्रिमियर बैंककमा गरेको छ । स्थानीय मेजर एकमाइ हलमा आयोजित प्रिमियर नेपाली डायस्पोराले खचाखच बन्यो जहाँ नेपाली राजदूत समेत सहभागि रहे ।

थाई नेपाली संघको आयोजनामा भएको प्रिमियरमा बर्मा र थाइल्याण्डका नेपाली भाषी समेत उपस्थित रहे । नेपालदेखि प्रिमियरमा भाग लिन निर्माता एवं अभिनेता राजाराम पौडेल पनि पुगेका थिए ।

बर्मेली अभिनेत्री सोनिया राईको समेत डेब्यु भएकाले फिल्मलाई उक्त थलोमा महत्वका साथ लिइएको थियो । प्रिमियरमा पौडेल र एक्ट्रेस राई आकर्षण बने ।

थाइल्याण्डका लागि कार्यवाहक नेपाली राजदूत जंगबहादुर गुरुङ, थाइ नेपाली संघका अध्यक्ष कुमार कार्की, संस्कृति विभाग प्रमुख नानु कार्की लगायत तीनसय बढीले फिल्म हेरे ।

प्रिमियरपछि प्राप्त प्रतिक्रियाले निर्माता खुशी छन् । राजदूत गुरुङले सामाजिक कथावस्तुले भरिपूर्ण फिल्मलाई सरकारले बनाउनुपर्नेमा नीजि क्षेत्रबाट बनेकोमा धन्यवाद दिए । थाइ नेपाली संघका अध्यक्ष कार्कीले पनि पुर्खाको देशको अवस्था फिल्ममा हेर्दा दुःख लागेपनि फिल्म हेरेर युवा कस्सिए नेपाल भ्रष्टाचारमुक्त हुने बताए ।

अभिनेता पौडेलले आफूले आफूलाई पर्दामा हेर्दा रिस उठेको बताए । ‘जुन भूमिका मैले गरेको छु त्यसले हाम्रा नेताहरुको अनुहार झल्काउँछ’ उनले भने, ‘यसले म प्रति नै रिस उठ्यो ।’ पौडेलले युवालाई फिल्म हेर्न आग्रह गरे ।

फिल्मको नेपाल रिलिज भने आगामी शुक्रबार हुँदैछ । रामशरण पाठक निर्देशित फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

थाइल्यान्डका अन्य सहरमा समेत प्रदर्शन हुँदैछ भने म्यानमार प्रिमियर समेत आयोजना गरिएको छ । फिल्म निर्माताले यी तीन देशबीच संस्कृति, अर्थतन्त्र विस्तारमा फिल्मले भूमिका खेल्ने अपेक्षा गरेका छन् ।

Logo