चलचित्र ‘गीत गजल’ को गीत ‘छ कि छैन् थाहा’को छायांकन गोवामा

चलचित्र ‘गीत गजल’ को गीत ‘छ कि छैन् थाहा’को छायांकन गोवामा

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र ‘गीत गजल’को एक गीतको हाल गोवामा धमाधम छायांकन भैरहेको छ । निर्देशक नितिन चन्दले गोवाका रमणीय स्थानमा चलचित्रको गीत खिचिएको बताए ।

छायांकन भैरहेको गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिदै छ । गीत गजल निर्देशक चन्दको दोस्रो निर्देशकीय चलचित्र हो । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन भैरहेको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुरेश लामा र अञ्जु पन्तको स्वर छ ।

‘छ कि छैन् थाहा’ बोलको गीतमा निर्देशक स्वंयमको कोरियोग्राफी रहेको छ भने मुम्बईका मेकअप म्यानले कलाकारको मेकअप गरेका छन् । आरोहण क्षेत्रीले निर्माण गरेको चलचित्रमा गीत गजलमा रुप र आरोहीसँगै रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे, बालकलाकार योगीशा खत्री, सेजल खान लगायतका कलाकारको पनि अभिनय रहेको छ । निर्देशक नितिन चन्दले आफुले चलचित्र को गीतलाई उत्कृष्ट बनाउन कुनै कसुर बाँकी नछोडेको बताए ।

छायांकनरत गीतलाई सुरेश काफ्लेले छायांकन गरेका हुन् । चलचित्र अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।

Logo