‘प्रेमलीला’ को प्रदर्शन मिति पर सर्‍यो

‘प्रेमलीला’ को प्रदर्शन मिति पर सर्‍यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । माघ २५ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘प्रेमलीला’ को प्रदर्शन मिति सारिएको छ । अब यो फिल्म फागुन १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

उक्त फिल्मको भिएफएक्सको काम सकिन केहि समय लाग्ने भएकोले प्रदर्शन मिति सार्नु परेको निर्माण टिमले जनाएको छ । वितरक कम्पनी र निर्माण टिमबीच फागुन १० गतेमा फिल्म प्रदर्शनमा ल्याउने सहमति भएकोसमेत नायिका दिपशिखा खड्काले जानकारी दिईन् । अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फस्र्ट लुक र दुई गीत सार्वजनिक भइसकेका छन् ।

यो फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ ।

नायिका खड्काकै लेखन रहेको यस फिल्मलाई नानमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Skip This
Skip This
Logo