फिल्म ‘घर’ मा सुरक्षा पन्तको इन्ट्री

फिल्म ‘घर’ मा सुरक्षा पन्तको इन्ट्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गत साता मात्र घोषणा गरिएको फिल्म ‘घर’ मा नायिका सुरक्षा पन्तले इन्ट्री गरेकी छन् । डीएस डिजिटल ब्यानरमा निर्माण हुन लागेको उक्त फिल्मलाई अर्पण थापाले निर्देशन गर्ने भएका छन् ।

फिल्मका निर्माता दिपेन्द्र के खनालले सामाजिक सञ्जाल फेसबुक मा एउटा स्टाटस र फोटो सार्वजनिक गर्दै सुरक्षा पन्त यो फिल्ममा फाइनल भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘घरको परिवार पुरा हुँदैं लिड नायिका सुरक्षा पन्तलाई स्वागत ।’

अपर्ण थापाको लेखन तथा निर्देशन रहने फिल्ममा अपर्ण नै मुख्य भूमिकामा रहेका छन् । साथै यस फिल्ममा दुईवटा नायिका रहने बताइएको छ ।

जसमा बिहिबार सुरक्षा पन्त फाइनल भइन् भने अर्की नायिका भने फाइनल हुन बाँकी छ । साथै हरर जनारामा निर्माण हुन लागेको यो फिल्मको छायांकन चाँडै सुरु हुदैछ ।

Logo