फिल्म ‘विर विक्रम २’ को पहिलो गीत सार्वजनिक भएको छ । यो फिल्मको ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत सार्वजनिक गरिएको हो ।
तारा प्रकाश लिम्बु र मेलिना राईको स्वरमा सजिएको गीतलाई रंञ्जित गजमेरले संगीत भरेका हुन् भने कुसुम गजमेर र तुलसी घिमिरेले शब्द दिएका हुन् ।
यो गीत ‘देउता’ फिल्मको चर्चित गीत ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन हो । उक्त गीतमा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन फिर्चड छन् ।
मिलन चाम्सको निर्देशन तथा निर्माण रहेको फिल्ममा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनसँगै बुद्धि तामाङ, देशभक्त खनाल, मनिष लिम्बू, बिनोद सुवेदी खत्री, सन्तोष खनाल, मनोज केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।
यो फिल्ममा प्रदिप भारदाजको लेखन, बनिष शाहको सम्पादन, नवराज उप्रेतीको छायांकन र कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतको सम्पूर्ण छायांकन मुस्ताङमा गरिएको हो । विर विक्रम २ को प्रदर्शन मिति भने केहि समय पछि मात्र तय गरिने बताइएको छ ।





























प्रतिक्रिया