काठमाडौं । सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ ।
नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त आफ्नो बहिनी (चेली)लाई गरिवीको कारण समयमै उपचार गर्न नसकेर गुमाउँदाको सत्य घटनाको पीडालाई भिडियोमा देखाइएको छ । स्माइल दासको स्वर र संगीतमा रहेको गीतमा ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द रचना रहेको छ।
कलाकार बुद्धि तामाङ र रेखा लिम्बुको मुख्य अभिनय रहेको ‘चेली’ मा टिकाराम घले, माया गुरुङ , सुनिता गाहा लगायत करिब १ दर्जन कलाकार हरुको अभिनय रहेको छ । सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोज़ाको स्टोरी, सुबास शाहको सम्पादन, रबिन बिकेको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी रहेको छ। म्युजिकल स्टोरी फिल्म ‘चेली’लाई एम सिरिज ग्लोबल ले निर्माण गरेको हो ।
यस अघि पनि उक्त कम्पनीले निर्माण गरेका धेरै गीत दर्शकको अत्याधिक रोजाइमा परेका छन् ।





























प्रतिक्रिया