फिल्म ‘लाज शरणम’को प्रचारमा रोक लगाउन अदालतको आदेश

फिल्म ‘लाज शरणम’को प्रचारमा रोक लगाउन अदालतको आदेश

केन्द्रबिन्दु
276
Shares

काठमाडौं । फिल्म ‘लाज शरणम’को प्रचारमा रोक लगाउन अदालतले आदेश दिएको छ ।

निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले दायर गरेको मुद्दाका आधारमा अदालतले फिल्म लाज शरणम सम्बन्धी कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न निर्देशन दिएपछि फिल्मको ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ।

निर्माताहरूले आज सार्वजनिक गर्ने तयारी गरेका थिए, तर अदालतको आदेशपछि हाललाई कुनै पनि प्रवर्द्धनात्मक सामग्री बाहिर ल्याउन नपाउने भएको छ। आलमले फिल्ममा देखाइएको पात्र आफ्नो गेटअपसँग मेल खाने भन्दै मुद्दा दायर गरेका थिए।

अहिले अदालतले सेन्सर बोर्डले अनुमति नदिएसम्म कुनै पनि प्रचार सामग्री सार्वजनिक गर्न नपाउने आदेश दिएको छ।

Logo