काठमाडौ । चलचित्र ‘गरुड पुराण’ को पहिलो गीत सार्वजनिक गरिएको छ । यो चलचित्रको ‘म त पिरिममा’ बोलको गीत सार्वजनिक भएको हो । यो गीतलाई कोसिस क्षेत्री र मनिषा पोखरेलले गाएका छन् भने दिनेश राउतले शब्द दिएका छन् । कोसिस क्षेत्रीले नै संगीत भरेका छन् ।
यो गीतमा निश्चल बस्नेत, कर्मा शाक्य, प्रियंका सिंह र अञ्जली योञ्जनलाई फिचरिङ गरिएको छ । सुवास कोइरालाले निर्देशन गरेको यस चलचित्रमा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, प्रविण खतिवडा, कमल देवकोटा, सरोज श्रेष्ठ, लुनिभा तुलाधर लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
पारिवारिक प्रेम कथामा निर्माण भएको यस चलचित्रलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् । यो चलचित्र माघ ४ गतेदेखि प्रर्दशनमा आउँदैछ ।





























प्रतिक्रिया