चलचित्र ‘गरुड पुराण’ को फस्टलुक सार्वजनिक गरिएको छ । यस चलचित्रको फस्टलुकका साथै प्रर्दशन मिति पनि सार्वजनिक भएको छ । पोष्टरमा नाजिर हुसेन, कर्मा शाक्य, प्रियंका सिंह ठकुरी, प्रवीण खतिवडा, कामेश्वर चौरसिया लगायतका कलाकारहरु अटाएका छन् ।
उक्त पोष्टरमा नाजिर हुसेनले ब्यान्ड बाजा समाएका छन् । सुवास कोइराला निर्देशित चलचित्रमा लुनिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतका कलाकारहरु मुख्य भूमिकामा रहेका छन् ।
अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यस चलचित्रमा सुसन प्रजापतिको छायांकन रहेको छ । पारिवारिक प्रेम कथामा निर्माण भएको चलचित्रलाई उज्जवल ढकालले सम्पादन गरेका हुन् । गरुड पुराण माघ ४ गतेदेखि देशभर प्रर्दशन हुँदैछ ।





























प्रतिक्रिया