गत शुक्रबारदेखि प्रर्दशनमा आएको नेपाली चलचित्र हो ‘गुनगुन’ । पुकार भट्टराई निर्देशित चलचित्र गुनगुनलाई बालाजुस्थित अष्टनारायण सिनेमा हलले हटाएको छ ।
यो चलचित्र प्रर्दशनमा आएको दोस्रो दिनमै अष्टनारायण हलबाट हटाइएको हो । बिना सुचना आफ्नो चलचित्र अष्टनारायण हलले प्रर्दशनबाट हटाएकोले गर्दा उनले क्षतिपूर्तिको माग गरेका छन् । साथै चलचित्र प्रर्दशन गर्ने हकबाट बञ्चित गरिएको भन्दै उनले कारबाहीको माग गर्दै चलचित्र निर्माता संघमा निवेदन पेश गरेका छन् ।
‘गुनगुन’ मा सञ्चिता लुइटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, सुमेश श्रेष्ठ, भिम मैनाली, गणेश जिसी, अनु भण्डारी, राधा दाहाल, विपिन प्रसाई लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यस चलचित्रलाई सौरभ लामाले खिचेका हुन् । लभ स्टोरी जनारामा निर्माण गरिएको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।






























प्रतिक्रिया