नेपाली चलचित्र क्षेत्रमा अहिले नायक तथा नायिकाहरुमा आफूले 'साइन' गरेको चलचित्रहरु छोड्ने ट्रेन्ड बढ्दो छ । कोही कलाकारहरु चलचित्र नपाएर बेर्खची भएका छन् भने कोही पाएको चलचित्रहरु पनि धमाधम छोड्ने क्रममा रहेका छन् । "/>

कुन कलाकार कुन फिल्म त्यागेर कुन फिल्ममा गए ?

कुन कलाकार कुन फिल्म त्यागेर कुन फिल्ममा गए ?

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र क्षेत्रमा अहिले नायक तथा नायिकाहरुमा आफूले ‘साइन’ गरेको चलचित्रहरु छोड्ने ट्रेन्ड बढ्दो छ । कोही कलाकारहरु चलचित्र नपाएर बेर्खची भएका छन् भने कोही पाएको चलचित्रहरु पनि धमाधम छोड्ने क्रममा रहेका छन् । चलचित्र क्षेत्रमा यस्ता नायक नायिकाहरु पनि भेटिन्छन् जो एउटा कलाकारले चलचित्र छोड्ने बितिकै अर्कोले साइन गरिहाल्छन् । पहिला हातारमा कस्तो चलचित्र हो नबुझि साइन गर्ने र पछि केहि समस्या देखाएर चलचित्रको स्क्रीप्ट मन परेन भन्दै चलचित्र छोड्ने कलाकारको सङख्या पनि बढ्दो छ । यसै क्रममा केहि महिना यता थुप्रै नायक नायिकाहरुले आफू अनुबन्धित चलचित्रबाट हात झिकेका छन् ।

आकाश श्रेष्ठ र पल शाह

केहि समय अघि ‘विर विक्रम २’ का निर्देशक मिलन चाम्सले काठमाडौंमा एक कार्यक्रम गरि भव्यताका साथ कलाकारहरुलाई स्वागत गरे । उनले ब्याण्ड बाजाको साथमा कलाकारहरुको नाम घोषणा गरे । त्यसै क्रममा यस चलचित्रको लागि उनले नायकको रुपमा आकाश श्रेष्ठलाई अनुबन्धित गरेका थिए । तर हालै नायक आकाश श्रेष्ठले मिलन चाम्सको चलचित्रबाट हात झिकेका छन् । हजुरबुवा बिरामी भएको कारण देखाउदै उनले यो चलचित्रबाट ‘आउट’ भएका हुन् । उनले यो चलचित्र छोड्ने बितिकै यस निर्देशक चाम्सले नायक पल शाहलाई यस चलचित्रमा साइन गराएका हुन् ।

साम्राज्ञी राज्य लक्ष्मी शाह र दीपिका प्रसाई

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ पछि नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले कुनै चलचित्र ‘साइन’ गरेकी थिइनन् । पुनम क्षेत्री गौतमले निर्माण गर्न लागेको नयाँ चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी थिइन् । पहिला यो चलचित्रको लागि नायिका दीपिका प्रसाइलाई फाइनल गरिएको थियो । तर उनको केहि साता अघि मात्र ‘इन्गेजमेन्ज’ भएर उनी हनिमुनको लागि याइल्याण्ड उडेकोले गर्दा उनको हातबाट यो चलचित्र उम्किएको हो ।

अर्थात दीपिकालाई फाइनल गरिएको यस चलचित्रमा निर्माण युनिटले औपचारिक रुपमा साम्राज्ञी राज्य लक्ष्मी शाहलाई अनुबन्धित गरेका हुन् । साथै यो चलचित्रको लागि साम्राज्ञीले महंगो पारिश्रमिक लिने बताइएको छ । हाल चलचित्रको नाम भने सार्वजनिक गरिएको छ्रैन् । यसै चलचित्रबाट नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले मंहगी नायिकाको छबी बनाउने कुरामा कुनै दुई मत छैन ।

स्वस्तिमा खड्का र आचँल शर्मा

अहिले दर्शकहरु माझ नायिका स्वस्तिमा खड्काको लोकप्रियता निकै बढ्दो छ । उनी एक पछि अर्को चलचित्रमा छाइरहेकी छिन् । केहि समय अघि उनी चलचित्र ‘दाल भात तरकारी’ को लागि अनुबन्धित भएकी थिइन् तर उनले यो चलचित्र छोडेकी छिन् । उनले यो चलचित्र छोडे लगतै नायिका आँचल शर्माले यो चलचित्रमा इन्ट्री गरेकी छन् ।

समयको अभाव देखाएर खड्काले यो चलचित्र छोडेकी हुन । ‘कुटुमा कुटु’ गर्ल स्वस्तिमा खड्का अहिले चलचित्र बुलबुलको सुटिङमा नै व्यस्त रहेकी छिन् । उनको लोकप्रियता यति बढेको छ कि उनलाई एक पछि अर्को चलचित्रहरुमा काम गर्न भ्याइनभ्याइ छ । उनी चलचित्रमा मात्र नभएर थुप्रै म्यूजिक भिडियोहरुमा समेत छाउने गरेकी छिन् । केहि समय अघि नायिका आँचल शर्माले एउटा पत्रकार सम्मेलनमा हुलमुलमा काम गर्न खासै फाइदा नहुने कुरा सबैको अगाडि खुलेर भनेकी थिइन् तर अहिले पनि मल्टिस्टार भएकै चलचित्रको लागि अनुबन्धित भएकी छिन् ।

वर्षा सिवाकोटी र वर्षा राउत

नेपाली सिने क्षेत्रमा एउटै नाम भएका दुई नायिका हुन् वर्षा राउत र वर्षा सिवाकोटी । चलचित्र ‘गोपी’ मा पहिला खगेन्द्र लामिछानेलाई लिइएको थियो । तर यो चलचित्रबाट उनले हात झिकेपछि नायिका वर्षा सिवाकोटीले पनि यो चलचित्र छाडेकी थिइन । सिवाकोटीले यो चलचित्र छाडे लगतै वर्षा राउतले वर्षा सिवाकोटीको ठाँउ लिएर यो चलचित्र साइन गरेकी थिइन् । साथै खगेन्द्रको ठाँउमा विपिन कार्की यो चलचित्रको लागि अनुबन्धित भएका थिए । वर्षा सिवाकोटी र वर्षा राउतले मिडियामा उनीहरुकोे सम्बन्धको बारेमा खुलेर कुरा नगरे पनि उनीहरु बीच मनमुटाव रहेको अनुमान भने पक्कै गर्न सकिन्छ ।

Logo