चलचित्र ‘सयकडा दश’ को पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी’ सार्वजनिक गरिएको छ । निर्देशक रामशरण पाठकले यसलाई पब्लिसिटी अभियानको थालनीको रुपमा व्याख्या गरेका छन् ।
‘दाईलाई कुरा लाइदिनी, सात्तो खाइदिनी’ बोलको गीतमा तृषला गुरुङ र सन्देश पाठकको स्वरमा सजिएको छ । यस गीतमा रामशरण पाठकको शब्द रहेको छ भने कल्याण सिंहले संगीत भरेका छन् ।
पाँच मिनेट लम्बाइको गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् । मुख्य पात्रको वैवाहिक समारोहलाई चित्रण गरिएको गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको हो ।

भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा चलचित्रले पेश गरेको छ । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सह–निर्माता हुन् ।
निर्माताले च्यारिटीसहित सामाजिक कार्य मार्फत पनि फिल्मको प्रवद्र्धन गर्ने प्रचार संयोजक सुदीप पौडेलले जानकारी दिए । यस चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
नेपाल प्रदर्शनपूर्व थाइल्यान्ड र म्यानमारमा चलचित्र प्रदर्शन गर्ने तयारीमा निर्माता जुटेका छन् भने निर्मात्री प्रधान नेपाली चलचित्रको बजार अध्ययनका लागि यूरोप भ्रमणमा छिन् । आउँदो माघ १८ गतेबाट यो चलचित्र नेपालमा प्रदर्शन हुँदैछ ।





























प्रतिक्रिया