कलाकारिता क्षेत्रमा चर्चित नाम हो शंकर बिसी । बि.सं. १९७९ सालमा बाँकेको नेपालगञ्जमा जन्मिएका उनले करिव २५ बर्ष कलाकारितामा बिताईसकेका छन् । "/>

सबै कलाकारले मागेर खाएका छैनन्ः शंकर बिसी (भिडियो अन्तर्वार्ता)

सबै कलाकारले मागेर खाएका छैनन्ः शंकर बिसी (भिडियो अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

कलाकारिता क्षेत्रमा चर्चित नाम हो शंकर बिसी । बि.सं. १९७९ सालमा बाँकेको नेपालगञ्जमा जन्मिएका उनले करिव २५ बर्ष कलाकारितामा बिताईसकेका छन् ।कोरस डान्सर हुँदै नृत्य निर्देशक र कोरियोग्राफर बन्न सफल उनी बाल्यकालदेखि नै कलाकारितामा रुची राख्थे । विद्यालयमा हुने नृत्य प्रतियोगितामा होस् अथवा गाँउघरमा हुने गरेको बिहे र पूजापाठमा नै किन नहोस् । नाँच्न भनेपछि उनी हुरुक्कै हुन्थे ।

उनको यही चाहनाको प्रतिफल हो, १८ सय भन्दा बढी म्युजिक भिडियोको निर्देशन, १७ सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ्ग र ९२ वटा भन्दा बढी चलचित्रमा कोरियोग्राफी । उनलाई खास लोकदोहोरीका रोल मोडलका रुपमा चिनिन्छ । तर उनी चलचित्रमा पनि उत्तिकै जमेका छन् ।

६ महिना अमेरिकामा बसेर अहिले नेपाल आएका उनले अब लोकदोहोरिमा हिपहप भित्र्याउने योजनामा रहेका छन् । आफ्नै पाखाका सुरिला भाकाहरुमा नै हिपहप ल्याउने तयारिमा रहेका छन् । उनले अब नेपाली गीतसंगीतमा नै नयाँ प्रविधि ल्याउने तयारि गरेका हुन् । आफुमाथि सबै म्युजिक भिडियोमा एकै किसिमको प्रदर्शन गरेको भन्ने उनलाई लागेको आरोपको उनी अब हिपहप भित्र्याएर आफुमाथि लागेको आरोप हटाउने सोचमा रहेका छन् ।

Skip This
Skip This
Logo