चलचित्र ‘प्रेम गीत’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् पुजा शर्मा । हालै उनले १५ लाख लिएर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ साइन गरेकी छिन् । "/>

पुजा शर्माको भाउ बढेकै हो ?

पुजा शर्माको भाउ बढेकै हो ?

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘प्रेम गीत’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् पुजा शर्मा । हालै उनले १५ लाख लिएर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ साइन गरेकी छिन् । 

उनले आफनो ब्यानर भन्दा बाहिरको चलचित्रमा अभिनय गर्नको लागि महंगो पारिश्रमिक लिएकी छन् । केहि समय अघि मात्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पुनम गौतमको चलचित्रको लागि १५ लाख लिएकी थिइन् । साम्राज्ञीको साथसाथै पुजा शर्मा पनि महंगो पारिश्रमिक लिने नायिको सूचीमा पर्न आएकी छन् ।

चलचित्र ‘पे्रम गीत’ पछि आफनै ब्यानरको चलचित्रहरुमा रमाइरहेकी पुजाले आफ्नो ब्यानर भन्दा बाहिरको फिल्ममा राम्रो पारिश्रमिक हात पारेकी छिन् । लभ स्टोरी जनरामा बन्न लागेको चलचित्र ‘समालिन्छ कहिले मन’ मा पुजा शर्मा र सोनम तोप्देनको मुख्य भुमिका रहने छ । सोनमले यसै चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् । दुई जना नायक रहने भनिएको चलचित्रमा अर्काे नायकको भने खोजी भइरहेको बताइएको छ ।

Logo