पूनमको चलचित्रमा दीपिका ‘आउट’ साम्राज्ञी ‘इन’

पूनमको चलचित्रमा दीपिका ‘आउट’ साम्राज्ञी ‘इन’

केन्द्रबिन्दु
0
Shares

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘इन्टुमिन्टु लण्डनमा’ लाई दर्शकहरुले निकै रुचाएका थिए । तर यो चलचित्र पश्चात साम्राज्ञीले कुनै चलचित्र साइन गरेकी थिइनन् । यसै बीच निर्मात्री पुनम क्षेत्री गौतमले निर्माण गर्न लागेको नयाँ चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छिन् ।

पहिला यो चलचित्रको लागि नायिका दीपिका प्रसाइलाई फाइनल गरिएको थियो । तर उनको केहि साता अघि मात्र इन्गेजमेन्ज भएर उनी हनिमुनको लागि थाइल्याण्ड उडेकाले उनको हातबाट यो चलचित्र उम्किएको हो । अर्थात दीपिकालाई फाइनल गरिएको यस चलचित्रमा निर्माण युनिटले औपचारिक रुपमा साम्राज्ञी राज्य लक्ष्मी शाहलाई अनुबन्धित गरेको छ ।

नवल नेपालको निर्देशन रहने यस चलचित्रमा साम्राज्ञीले महंगो पारिश्रमिक लिइने बताइएको छ । यो चलचित्रले तीन साथीको कथालाई समेट्नेछ साथै चलचित्रको छायांकन माघको तेस्रो साताबाट सुरु हुने बताइएको छ ।

Logo