ऐश्वर्यले अस्विकार गरेका ८ फिल्म जुन ब्लकबस्टर बन्यो (भिडियोसहित)

ऐश्वर्यले अस्विकार गरेका ८ फिल्म जुन ब्लकबस्टर बन्यो (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

केही दिन अघि मात्र बलिउड अभिनेत्री ऐश्वर्य राय बच्चनले आफ्नो ४४ औं जन्मदिन मनाएकी थिइन् । उनी बलिउड अभिनेत्री मात्र नभएर मिस वल्र्ड १९९४ को बिजेता समेत रहेकी छिन् । उनले मिस वल्र्डको ताज पाए पछि ‘हम दिल दे चुक सनम’, ‘धूम २’, ‘देवदास’, ‘रोबोट’, ‘गुरु’ लगायतका थुप्रै फिल्महरुमा अभिनय गरिन् । तर कतिलाई थाहा नहुन पनि सक्छ कि, उनले बलिउडका धेरै फिल्मलाई अस्विकार गरेकी थिइन् । जुन ब्लकबस्टर फिल्मको सुचीमा पर्दछन् । 

१) राजा हिन्दूस्तानी

१९९६ सालमा रिलिज भएको फिल्म ‘राजा हिन्दूस्तानी’ मा करिश्मा कपूरको रोल छ । करिश्मालाई अफर गर्नुपूर्व ऐश्वर्य रायलाई सो फिल्मको अफर गरिएको थियो तर उनले यो अफरलाई अस्विकार गरिन् । रायले अस्विकार गरेपछि निर्देशक धर्मेश दर्शनले अभिनेता आमिर खानको ओपोजिटमा करिश्मा कपूरलाई साइन गरेका थिए । ऐश्वर्यले अस्विकार गरेको यस फिल्म अन्ततः सुपरहिट भयो ।

२) कुछ कुछ होता हे
१९९८ मा रिलिज भएकोे फिल्म ‘कुछ कुछ होता हे’ मा करण जोहरले टीनाको रोल ऐश्वर्यलाई अफर गरेका थिए,तर उनले कुनै रुची नदेखाएको कारणले गर्दा टीनाको रोल रानी मोखर्जीले गरिन् । अन्ततः यो फिल्मलाई धेरै दर्शकहरुले रुचाए ।

३) मुन्ना भाई एमबीबीएस
आफनो करियरमा ऐश्वर्यले राज कुमार हिरानीसँग काम गर्ने मौका पनि गुमाइन् । उनलाई फिल्म ‘मुन्ना भाई एमबिबिएस’ मा अभिनय गर्नको लागि अफर गरिएको थियो । साथै शाहरुख खानलाई पनि यो फिल्मको लिड रोलको लागि अफर गरिएको थियो तर उनीहरु दुबैले यो फिल्म खेल्न अन्कनाएपछि सञ्जय दत्र्त र ग्रेसी सिंहलाई कास्ट गरियो । यो फिल्म ब्लकबस्टर नै रह्यो ।

४ं) वीर जारा
यश चोपडाको ब्यानरमा बनेको फिल्म ‘वीर जारा’ मा ऐश्वर्यलाई प्रिटी जिन्टाको रोल अफर गरिएको थिया,े तर रायले यो फिल्ममा काम गर्न कुनै रुची देखाइनन् । यो फिल्म निकै हिट भयो । साथै प्रिती जिन्टाले यो फिल्मबाट निकै तारिफ बटुलिन् ।

५) भुल भुलैया
मञ्जोलिकाको रोलमा अभिनेत्री विद्या बालोनले जबरजस्त अभिनय गरेकी थिइन्, तर ऐश्वर्यले यो फिल्मको अफरलाई पनि टुक्रयाएकी थिइन् ।

६) नमस्ते लण्डन
विपुल शाहको फिल्म ‘नमस्ते लण्डन’ ले र्दशकहरुको मन जित्न सफल भयो । अभिनेता अक्षय कुमार र अभिनेत्री कट्रिना केफको मुख्य भूमिका रहेको यो फिल्मको लागि पहिला विश्व सुन्दरी ऐश्वर्यलाई अफर गरिएको थियो तर, उनले अस्विकार गरेपछि अक्षयको जोडीको रुपमा कट्रिनालाई फाइनल गरिएको थियो ।

७) दोस्ताना
बलिउडको ब्लकबस्टर फिल्म ‘दोस्ताना’ मा पनि रायलाई लिड रोल अफर गरिएको थियो तर, उनले यो अफर पनि लत्याएकी थिइन् । अभिषेक बच्चन, जोन अब्राहम, र प्रियंका चोपडाको लिड रोल भएको यो फिल्मबाट प्रियंका ‘देशी गर्ल’ को रुपमा चर्चित रहिन् ।

८) चलते चलते
यस फिल्ममा पहिला रानी मुखर्जीको ठाँउमा ऐश्वर्यलाई अनुबन्धित गरिएको थियो तर, उनको ब्वाइफ्रेन्ड सलमान खानले सुटको पहिलो दिन नै सेटमा हंगामा मचाएकोले उनले यो फिल्म छोड्नु परेको थियो ।

 

Logo