चलचित्र ‘चंगा चेट’ को प्रर्दशन मिति नजिकिदै गर्दा यस चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको छ । ‘चंगा चेट’ बोलको गीतमा नायक आयुमान देशराज जोशी र नायिका प्रियंका कार्कीको कर्केनजर देख्न पाईन्छ ।
म्युजिक भिडियोमा रविन्द्र झा र सन्दिप क्षेत्रीलाई पनि देख्न सकिन्छ । यस गीतको शब्द, संगीत र स्वर कोसिस क्षेत्रीको रहेको छ । यस चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन भने प्रदिप भारद्वाजले लेखेका हुन । चंगा चेटमा आयुषमान देशराज जोसी, प्रियंका कार्की, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आर एल राना, रविन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
यो चलचित्र कार्तिक १६ गतेबाट देशभर प्रर्दशन हुँदैछ ।





























प्रतिक्रिया