हुन त बलिउडमा हरेक बर्ष नयाँ–नयाँ फिल्म बनिरहेको हुन्छ, त्यसमध्ये कुनै फिल्म ब्लकबस्टर हुन्छ त कुनै फ्लप । कुनै फिल्म यस्तो बन्छ, जुन बर्षौ पछि पनि दर्शकहरुको मनमा ठाउँ ओगटिरहेको हुन्छ । त्यस्तै, एक फिल्म २३ बर्ष पहिले आजको दिन नै रिलिज भएको थियो ‘दिलवाले दुल्हनिया ले जायेंगे’ । बलिउडको क्लासिक रोमान्टिक फिल्म ‘दिलवाले दुल्हनिया ले जायेंगे’ ले २३ बर्ष पछि पनि दर्शकहरुको मन र दिमाखलाई अझै प्रभावित पारिरहेको छ । शाहरुख खान र काजोलको यो फिल्म एक यस्तो फिल्म हो, जुन फिल्म सबै जेनेरेसनको फेवरेट फिल्म हो ।
यहि फिल्मबाट डेब्यु डाइरेक्टरको रुपमा प्रवेश गरेका आदित्य चोपडा सबैभन्दा सक्सेसफुल डाइरेक्टर भए । उनको सबै फिल्म ब्लकबस्टर भयो । यहि फिल्मबाट शाहरुख खान र काजोल पनि सुपरस्टार भएका थिए भने, यी दुईको जोडी पनि हिट भएको थियो । शाहरुख–काजोल, आदित्य चोपडा र करण जोहरको दोस्ती पनि गहिरो भएको थियो ।
यो फिल्मले बक्स अफिसमा पनि धेरैवटा रेकर्ड राखेको थियो । यति मात्र होइन, १ हजार दिनसम्म यो फिल्म सिनेमा हलमा चलेको थियो । यो फिल्मसँग जोडिएको रमाइला पलहरु, फिल्मको सेटमा खिचिएको फोटोहरु र त्यसको साथै फिल्मसँग जोडिएको केही यादहरु फेरी ताजा भएको छ ।
विशेष फिल्म

करण जोहरले एक पटक भनेका थिए, उनको जीवनमा ‘दिलवाले दुल्हनिया ले जायंगे’ ले धेरै महत्व राख्छ । यस फिल्मबाट धेरै कुरा सिकेको छु । कुछ कुछ होता हे, कभी खुशि कभी गम जस्ता हिट फिल्म त्यसकै नतिजा हो जसमा शाहरुख–काजोल साथमा थिए ।
पहिलो फिल्म डाइरेक्टर बने आदित्य

‘दिलवाले दुल्हनिया ले जायेंगे’ आदित्य चोपडाको पहिलो फिल्म थियो । यो फिल्मबाट बलिउडले एक राम्रो डाइरेक्टर पाएको थियो । उनले मोहब्बते, रब ने बना दे जोडी जस्ता फिल्म बनाएका थिए ।
मन्दिरा बेदी

मन्दिरा बेदीको नाम फिल्ममा त्यती नचले पनि मोडलिङ, एंकरको रुपमा राम्रो चर्चा कमाएका छन् । दर्शकले दिलवाले दुल्हनिया ले जांयेगेबाट उनीलाई चिनेका थिए ।
अर्जुन सबलोक

अर्जुन सबलोक पनि यो फिल्ममा थिए । यस फिल्ममा शाहरुखको साथीको भुमिकामा देखिएका थिए । त्यसपछि ‘निल एन्ड लक्की, ‘ना तुम जानो ना हम’ जस्ता फिल्म डाइरेक्ट गरे र यशराज फिल्ममा आज पनि काम गर्छन् ।
सबैभन्दा रोमान्टिक फिल्म

यस फिल्मबाट बलिउडको रोमान्टिक फिल्मको परिभाषा नै बदलिएको छ । कसरी रोमान्टिक बनाएर दर्शकको मनमा घर बनाउन सकिन्छ भनेर यो फिल्मबाट मिल्यो ।
हिट गित

यो फिल्मबाट दर्शकले अर्को एउटा राम्रो कुरा पाएका छन्, त्यो हो हिट गित । जुन मानिसको मुखमा २२ बर्ष पछि पनि गुञ्जिरहेको छ ।
टप तीनको फिल्म

यो फिल्म बलिउडको जहिल्यै पनि टप तीनको फिल्ममा आउँछ । यो फिल्म दोहोराएर नहेर्ने मानिसहरु सायदै कम होलान् । ‘दिलवाले दुल्हनिया ले जायेंगे’ स्पेसल फिल्ममा सधैँ आउने गरेको छ र पछि पनि आउने आश गरिएको छ ।
वाह !

यो फोटोको हेर्ने वित्तिकै खुशि नहुने कोही छैन होला सायद । यो सिनले सबैको मनमा जहिल्यै पनि खुशि पैदा गर्छ ।
सेटमा देखिएको यो फोटो

फिल्मको सेटको यो फोटो, जसमा आदित्य चोपडा र उदय चोपडा देखिएका छन् ।
र, यो सिन

‘दिलवाले दुल्हनिया ले जायेंगे’ को यो सिन आज पनि सबैभन्दा आइकनिक सिन मानिन्छ । यसको शुटिङमा पनि धेरै रमाइलो भएकोकुरा सिनेमा टीमले बताएका थिए ।





























प्रतिक्रिया