काठमाडौं ।
दशैंको चहलपहल सुरु भईसकेको छ । दशैंलाई नयाँलुगालगाउने, मिठो खाने, र परिवारजनसँगखुसी साटने पर्वको रुपमा पनि लिइन्छ ।
नेपाली कलाकारहरुलाई पनि दशैंले छोएको छ ।
निर्माता तथा निर्देशक दीपकराज गिरी र नायिका दीपिका प्रसाईँले पनि आफनो दशैं अनुभव साटेका छन् । गिरी भन्छन् ‘सानो छँदा कहिले दशैं आउँला भनेर कुरिन्थ्यो र नँयालुगा स्वरुप घरबाट स्कुलको डे«स किनिदिनु हुन्थ्यो ।’दशैंमा मलाई सबै भन्दा मन पर्ने कुरा भनेको मौसम नै हो । उनीहाँस्दै भन्छन् बच्चामा म बढी लङगुरबुर्जा खेल्थे ।
त्यस्तै छक्कापञ्जा ३ की नायिका दीपिका प्रसाई सधै आफनो दशैं जन्म घर धनगढी मै गएर मनाउने बताउँछिन् । उनी बिगतलाई सम्झिदै भन्छिन्‘सानो छँदा एकचोटीमा २५ सय देखि ३ हजारसम्म दक्षिणा कमाएको छु ।’





























प्रतिक्रिया