काठमाडौं । चलचित्र ‘जय भोले’ असोज ३० गते अर्थात फूलपातीबाट प्रर्दशनमा आउँदैछ । भोलीबाट प्रर्दशन हुने यस चलचित्रको बुकिङ खुल्ला भएको छ । जय भोलेले क्युएफएक्स अन्र्तगतका हलहरुमा २४ शो पाएको छ । अशोक शर्माको निर्देशन रहेको यस चलचित्रमा किरण शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको छ ।
जय भोलेमा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सलोन बस्नेत, बुद्वि तामाङ, राजाराम पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, सुरविर पण्डित, सारदा गिरी, रामचन्द्र अधिकारी, किशोर भण्डारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
कमेडी जनरामा बनेको यो चलचित्रको टेलरमा भएको डाइलगले टिकटक म्युजिकल्लीमा पनि निकै चर्चा बटुलेको छ । खगेन्द्र लामिछानेको लेखन रहेको यस चलचित्रलाई राजु ढुङ्गानाले सम्पादन गरेका छन् ।





























प्रतिक्रिया