काठमाडौं । अभिनेत्री झरना थापाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर–२’ ले सिनेमा क्षेत्रमा धेरै चर्चा समेत कमायो । यही चर्चाको अन्तरमा झरना थापाले अर्को चलचित्र ‘ए मेरो हजुर– ३’ निर्देशन गरेकी छिन् ।
यस फिल्मका निर्माण पक्षले चैत्र २९ मा प्रदर्शन मितिसहितको फस्ट लुक सार्वजनिक गरेको छ । सुनिल कुमार थापाको निर्माणमा तयार हुन लागेको यस चलचित्रमा झरना थापाले आफ्नो छोरी सुहाना थापालाई फिल्म क्षेत्रमा डेब्यु गराएकी छिन् ।
यस चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिनेछन् । चलचित्रमा अन्य सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगायत कलाकारको पनि मुख्य भुमिका रहने छ । चलचित्रको सार्वजनिक फस्टलुकमा अनमोल र सुहानाको प्रेम जोडी देखिएको छ । रोशन श्रेष्ठको द्वन्द्व रहेको यस चलचित्रमा सञ्जय लामाको छायांकन रहेको छ ।































प्रतिक्रिया