काठमाडौं । केन्द्रविन्दु डटकम र केन्द्रविन्दु टिभिले चलचित्र अवार्ड सम्बन्धि केन्द्रविन्दु राउण्ड टेबल २०१८ सम्पन्न गरेको छ । "/>

कस्तो हुनुपर्छ चलचित्र अवार्ड ? केन्द्रविन्दु राउण्ड टेबलमा बहस

कस्तो हुनुपर्छ चलचित्र अवार्ड ? केन्द्रविन्दु राउण्ड टेबलमा बहस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रविन्दु डटकम र केन्द्रविन्दु टिभिले चलचित्र अवार्ड सम्बन्धि केन्द्रविन्दु राउण्ड टेबल २०१८ सम्पन्न गरेको छ । यस कार्यक्रममा १ दर्जन चलचित्र क्षेत्रका चलचित्रकर्मी तथा समिक्षकहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदीप उदय, स्क्रिप्ट लेखक सामिप्यराज तिमल्सिना, निर्माता तथा निर्देशक दीपकराज गिरी, चलचित्र पत्रकार संघका महासचिव अनिल यादव, समिक्षक गोर्कण लगायतका उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा हाल वितरण भईरहेको अवार्डको विषयमा केन्द्रित रहेको थियो । भनिन्छ नेपाली चलचित्र क्षेत्र सानो छ तर यसले अवार्डको संख्या हेर्ने हो भने यसले बलिउडलाई पनि जित्छ । यो वर्षको कुरा गर्ने हो भने नेपालमा हुने भनिएको १३ वटा अवार्डमा ५ वटा अवार्ड कार्यक्रम सम्पन्न भईसकेको छ भने लगभग ८ वटा अवार्ड कार्यक्रमा हुने तयारीमा रहेका छन् ।

प्रदीप उदयः चलचित्र संघका अध्यक्ष
अवार्ड हुनु आफैंमा नराम्रो होइन्, वितरण हुनुपर्छ । कुनै पनि क्षेत्र त्यसबाट कसरी अगाडि बढ्ने भन्ने मार्ग निर्देशन दिन्छ । उनी भन्छन्, ‘अवार्ड हुनु राम्रो हो तर चलचित्रकर्मीहरु कसले अवार्ड गर्दैछ त्यसको कुनै ब्याकग्राउण्ड नहेरी अवार्डमा सहभागी हुन्छन् ।’

अवार्ड कुन उद्देश्यले गर्दैछन् त्यो थाहा नपाई चलचित्रकर्मीहरु त्यसमा सहभागी हुनु विडम्बना रहेको उनको भनाइ छ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो जजमेन्ट गरेर अगाडि बढ्ने हो भने यस्तो अवार्डहरु राम्रोसँग हुन्छन् र यस्तो अवार्ड जति भएपनि फरक नपर्ने उनले बताए ।

सामिप्यराज तिमसिना स्क्रिप्ट लेखक
उनी भन्छन्, ‘नेपालमा हुने अवार्डका नतिजाहरु निकै गए गुज्रेका छन् । क्रिटिक्सले पनि अवार्ड गर्दै आएको छ विगत ५ वर्ष देखि यो अवार्ड कार्यक्रमहरुको धन्दा निकै गलत तरिकाकोे भएकोले गर्दै सबै किसिमको चलचित्रलाई अवार्डमा समेटनको लागि फिक्सन अवार्ड सुरु गरिएको हो ।’ यो अरु अवार्ड भन्दा केहि भिन्न रहेको र धेरै विवादित नरहेको उनको दावी छ ।

अनिल यादव, चलचित्र पत्रकार संघका महासचिव
त्यस्तै चलचित्र पत्रकार संघका महासचिव अनिल यादव भन्छन्, ‘सबैले नेपालमा राम्रो फिल्म बन्दैन भनिरहँदा यसमा राम्रो फिल्म बन्न नदिन सबै भन्दा ठुलो भूमिका अवार्ड आयोजकको रहेको छ । यहाँ झुर फिल्मले अवार्ड पाइरहेका र त्यस्तै फिल्म अरुले बनाउँदा राम्रो फिल्म बनेन भन्ने गर्छन् । अवार्ड आयोजकले नै नराम्रो फिल्म बन्न प्रोत्साहन गरेको उनको भनाइ छ ।

हालै जापानमा आयोजना गरिएको सूर्य इन्टरनेसनल अवार्ड र नेपालमा भएको एलजी सिने सर्कल अवार्ड एकै दिन भयो तर जापानमा उत्कृष्ट फिल्म अवार्ड पाएको म यस्तो गीत गाँउछुले, नेपालमा उत्कृष्ट सातको मनोनयमा पनि परेन् । जुरीहरुले हेरेर अर्वाड दिरहेका छन् कि आयोजकले आफ्नो स्वार्थ हेरेर अवार्ड दिइरहेका छन् यो कुराबाट नेपालका अवार्डका अवस्था कस्ता छन् भन्ने छर्लङ हुनेछ ।’

निर्माता निर्देशक कलाकार दीपकराज गिरीः
यस कार्यक्रममा निर्माता तथा निर्देशक दीपकराज गिरीको पनि उपस्थिति रहेको थियो । समिक्षक र चलचित्रकर्मीको भिडमा उनी भने केही अलग थिए । हालै भएको अवार्ड कार्यक्रममा उनको सहभागिता थिएन् । अवार्ड लिनुपर्छ भन्ने कुराको उनी विरोधमा देखिन्थे । उनले भने चलचित्र जुध्ने कुरा त सामान्य नै थियो अहिले त अवार्ड पनि जुध्न थाल्यो । जुरीको संख्या भएकोले गर्दा पनि अवार्ड समारोह भद्रगोल रहेको उनको दावी छ ।

त्यस्ता जुरी जो चलचित्र क्षेत्रमा सक्रिय छ त्यसले गर्दा अवार्ड नतिजामा समस्या देखिएको उनले बताए । आज भोली अवार्ड समारोहमा जो जो सहभागी छन् उनीहरुले अवार्ड पाउने र जो जो उपस्थित छैनन् उनीहरुले अवार्ड नपाउने गलत ट्रेण्ड बसेको उनी बताँउछन् । अवार्ड समारोहबाट खाली हात घर आउन नसक्नु आफ्नो पनि कमजोरी रहेको उनको भनाइ छ ।

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राईः
‘अवार्ड भन्ने विषय नै विवादित विषय हो । पुरस्कार र पुरस्कृत भन्ने विषय आफैमा विवादित हो । यो कहिले अछुत हुन सक्दैन् । जति चलचित्र बनेका छन् त्यो भन्दा दोब्बर संख्यामा अवार्डहरु भईरहेका छन् । बढि मात्रामा भएको अवार्ड कार्यक्रमले अराजकता निम्त्याएको छ । चलचित्र र अवार्डहरु क्याटोगोराइज गरेर एउटा खाका तयार गरि उक्त कार्यक्रमहरु गर्दा अवार्डहरुमा हुने विकृति कम हुनसक्छ ।

गोर्कण गौतम समिक्षक
नेपालमा अवार्ड गर्ने नियत नै खराब छ । अर्वाडको जज बस्ने मानिसले चलचित्र सम्बन्धि सम्पूर्ण जानकारी हुनुपर्छ । बेस्ट चलचित्रलाई अवार्ड दिइरहँदा बेस्क स्किृपट, निर्देशक तथा नायक, नायिकालाई अवार्ड दिईदैंन् । जुन कुराले गर्दा चलचित्र राम्रो बन्ने गर्छ तर चलचित्रलाई उत्कृष्ट अवार्ड दिइन्छ जुन गलत हो ।

Skip This
Skip This
Logo