काठमाडौं । नेपालमा प्रदर्शन भईसकेको चलचित्र पण्डित बाजेको लौरी अब विदेशमा प्रदर्शनको तयारीमा छ । आगामी शनिवार सिड्नीमा प्रदर्शन हुँदैछ । "/>

पण्डित बाजेको लौरी अब सिड्नीमा प्रदर्शन हुँदै

पण्डित बाजेको लौरी अब सिड्नीमा प्रदर्शन हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा प्रदर्शन भईसकेको चलचित्र पण्डित बाजेको लौरी अब विदेशमा प्रदर्शनको तयारीमा छ । आगामी शनिवार सिड्नीमा प्रदर्शन हुँदैछ । सिभ्रिक थिएटर हर्सभिलमा प्रदर्शन हुने चलचित्रलाई बाबा एजुकेशनले प्रदर्शनमा ल्याउन लागेको हो ।

वादी प्रथा र पण्डित समाजको सेरोफेरोमा रहेर बनाईएको यो चलचित्रमा वादी महिलाको पात्रमा अभिनेत्री सन्ध्या केसी प्रस्तुत भएकी छिन् । अहिलेको चलचित्र जगतमा सुन्दरताको हिसाबमा ऐश्वर्या राय भनेर चिनिएकी नायिका केसीको वादीनी भूमिकालाई धेरै नेपाली दर्सकहरुले रुचाएका छन् ।

चलचित्रमा बादीनी महिलाले के चाहन्छे ? उसको इच्छा चाहाना के हुन सक्छ ? किन पुरपुरुषसँग रात विताउन सहजै स्वीकार गर्छन् यस्तै यस्तै विषयबस्तु समेटेर बनाइएको छ ।

धेरै नेपाली सांगीतिक कार्यक्रमहरुलाई स्पोन्सर गरेर अघि बढ्न प्रोत्शाहन गर्ने बाबा एजुकेशनले यो चलचित्र सिड्नीमा ल्याउन पाउनु नै सबैभन्दा ठूलो विषय भएको प्रवन्ध निर्देशक रबिन्द्र कुमार शर्माको भनाई छ ।

 

Logo