काठमाडौँ

आज भदौ ८ गते सिनेमा हलहरुमा दुई चलचित्र प्रर्दशनमा आएका छन् । नाई नभन्नु ल ५ र रेनी एक आपसमा भिड्दै छन् । "/>

शुक्रबार हलमा २ चलचित्रको भिडन्त

शुक्रबार हलमा २ चलचित्रको भिडन्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आज भदौ ८ गते सिनेमा हलहरुमा दुई चलचित्र प्रर्दशनमा आएका छन् । नाई नभन्नु ल ५ र रेनी एक आपसमा भिड्दै छन् ।

नाई नभन्नु ल ५

चलचित्र ‘नाई नभन्नु ल ५’ यो वर्षको प्रतिक्षित चलचित्र मध्ये एक हो । विकास राज आर्चायद्घारा निर्देशित यस चलचित्रमा स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकारी, अभिषेक नेपाल, दिलिप रायमाझी, बुद्घि तामाङ, बाल कलाकार अनुभव रेग्मी, सेड्रीना शर्मा, निरुता सिंह, उत्तम केसी लगायतको कलाकारहरुको अभिनय रहेको छ । सामिपयराज तिमल्सिना र विकासराज आर्चायको लेखन रहेको यस चलचित्रमा पुरुषोतम प्रधानको छायांकन रहेको छ । यो चलचित्रमा प्रियंका कार्कीलाई आमाको भूमिकामा देख्न सकिन्छ । नाई नभन्नु ल ५ बाल प्रेमलाई समेटेर तयार पारिएको छ ।

रेनी

चलचित्र ‘रेनी’ लाई गिरिश रिजालले निर्देशन गरेका हुन् । यो चलचित्र पनि आजबाट प्रर्दशनमा आएको छ । यस चलचित्रमा सरोज खनाल, दीपक ढकाल, सनम मल्ल, गिरिश रिजाल, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । एक्सन, लभ स्टोरीले भरिपूर्ण चलचित्रमा सनम मल्लको लेखन रहेको छ भने विमला मल्ल र सञ्जीव मल्लको निर्माण रहेको छ ।

Logo