चर्चित गायक प्रशान्त तामाङको निधन

चर्चित गायक प्रशान्त तामाङको निधन

केन्द्रबिन्दु
180
Shares

काठमाडौं । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङको आज भारतको दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो। निधनको कारणबारे औपचारिक विवरण भने सार्वजनिक भइसकेको छैन।

इन्डियन आइडलको उपाधि जितेर अन्तर्राष्ट्रिय रूपमा परिचित बनेका तामाङ नेपाली सांगीतिक क्षेत्रमा पनि अत्यन्त लोकप्रिय थिए। उनले गाएका दर्जनौँ नेपाली गीतहरू श्रोता–दर्शकमाझ आज पनि उत्तिकै चर्चित छन्। गायनसँगै अभिनय क्षेत्रमा पनि सक्रिय रहेका तामाङले केही नेपाली चलचित्रमार्फत आफ्नो पहिचान बनाएका थिए।

उनको निधनको खबरसँगै नेपाली संगीत तथा चलचित्र क्षेत्र शोकमा डुबेको छ । कलाकार, संगीतकर्मी तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानलाई स्मरण गरिरहेका छन्।

Logo