काठमाडौं । निर्देशक विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले मंगलबार चलचित्रको ‘तिमी मै सँग भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतको भिडियोमा गायक तथा नायक देवेन्द्र बब्लु र नायिका रोशनी कार्की फिचर्ड छन् । गीतले दुई पात्रको आत्मीयता र भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

देवेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको यस गीतमा दीपक शर्मा र एचबीएन किस्मतको संगीत छ। बागलुङको ढोरपाटन र आसपासका क्षेत्रहरूमा खिचिएको ‘बुकी’ को यो पहिलो गीतले चलचित्र भावनात्मक प्रेमकथामा आधारित छ भन्ने स्पष्ट पारेको छ ।
‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको यो चलचित्रमा सुरक्षा पन्त, देवेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन् । अन्यमा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दीप बाबु लोहनी, निशा बजगाईँलगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् । हालसम्म चलचित्रको आधिकारिक प्रदर्शनको मिति तय नगरिए पनि निर्माण पक्षले सन् २०२६ भित्र चलचित्रलाई देशभरका हलमा रिलिज गर्ने लक्ष्य लिएको छ ।































प्रतिक्रिया