भ्यालेनटाइनमा भाइरल युवती, को हुन् ?

भ्यालेनटाइनमा भाइरल युवती, को हुन् ?

केन्द्रबिन्दु
0
Shares

‘भ्यालेन्टाइन डे’ सप्ताह चलिरहेको छ । प्रेमको मौसम छ । यतिबेला एक युवती सोशल मिडियामा खुब भाइरल भइरहेकी छिन् । उनीसँगै केटापनि छन् । तर युवती चाहि धेरैको लागि चासो बनेका छन् । केटा र केटी दुबै आँखाको इशाराले केही कुरा गरे जस्तै देखिने भिडियो बाहिरिएको छ । को हुन् यी युवती ?

यी युवतीबारे धेरैलाई थाहा नहुन सक्छ । तर उनी मलयालम फिल्मकी हिरोइन हुन् । उक्त भिडियो फुटेज पनि फिल्म ‘ओरु अदार लव’को हो । त्यसमा अभिनेत्री प्रिया प्रकाश छिन् । उनले यही फिल्मबाट ‘डेब्यु’ गरेकी थिइन् । यो फिल्म ३ मार्च २०१८ मा सार्वजनिक भयो ।

फिल्मको एक गीत ‘मानिक्या मलरया पुवी’ मा प्रिया प्रकाशले आँखाको इशारा गर्छिन् । यस गीतलाई शान रहमानले कम्पोज गरेका हुन् । गीतमा आवाज चाहि विनीत श्रीनिवासनको हो ।
गीत अपलोड भएको २४ घण्टामै भाइरल भयो । यसलाई उक्त अवधीमा एक मिलियन पटक हेरियो । ५० हजारभन्दा बढी लाइक्स मिल्यो ।

भ्यालेनटाइन विकमा युवाहरुले धेरैभन्दा धेरे उनको यही भिडियो क्लिप शेयर गरिरहेका छन् ।

प्रिया प्रकाश वारियर १८ बर्षिय छिन् । उनको स्माइल निकै रुचाइन्छ ।

Logo