काठमाडौं ।
भारतको राजस्थान र मध्य प्रदेश सरकारका विरुद्ध फिल्म पद्मावतीलाई सर्वोच्च न्यायालयले साथ दिएपछि भोलिबाट प्रदर्शन हुने भएको छ । यद्यपी चलचित्रको नाम पद्मावतीबाट पद्मावत राखिएको छ ।
सर्वोच्च न्यायालयले गत बिहीवार गरेको फैसला कार्यन्वयन गर्न दुवै राज्यलाई निर्देशन दिएको छ । ऐतिहासिक विषयवस्तुलाई आधार बनाएर निर्माण गरिएको फिल्ममा दिपिका पादुकोण, सहिद कपुर, रणवीर सिंहको मुख्य भूमिका रहेको छ ।
फिल्मले समाजमा हिंसा हुनेसक्ने भन्दै यसअघि रिलिज हुन प्रतिवन्ध लगाउनु पर्ने माग उठेको थियो । सर्वोच्च निकायको निर्णयले पद्मावतका लागि सुखद् भए पनि दुईवटा राज्य सरकार भने अप्ठ्यारोमा परेका छन् ।
सञ्जयलीला भन्सालीको ब्यानरमा बनेको फिल्म सुटिङको समयदेखि नै झमेलामा पर्दै आएको थियो । भन्सालीका अन्य फिल्मको तुलनामा यो फिल्म राजनीतिक रुपमा धेरै तनावपूर्ण अवस्थामा गुज्रिएको थियो ।
फिल्ममा श्रेया घोसाल स्वारुप खान लगायतका कलाकारहरुको भूमिका रहेको छ ।





























प्रतिक्रिया