दर्जनौं नेपाली गीतमा स्वर भरेका बलिउड गायक कुमार सानुले आफ्नै देश भारतले आफ्नो प्रतिभाको कदर नगरेको भन्दै गुनासो गरेका छन् ।
गायक सानुले एक अन्तर्वार्तामा भारतले कोही कसैको प्रतिभा र क्षमता चिन्न नसकेको र आफू पनि त्यही मारमा परेको भन्दै गुनासो पुखेका छन् । उनले वरु विदेशमा आफ्नो गायनकला र क्षमताको कदर गरिएको तर स्वदेशमा भने प्रतिभाको कुनै महत्व नदिएको बताएका हुन् ।
सांगीतिक करियरमा ठूलो योगदान गरेपनि किन आजसम्म राज्यले तपाईंलाई राष्ट्रिय अवार्ड दिलाएको छैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनेका छन्, ‘विदेशमा मैले गरेको काम निकै रुचाइन्छ, केही अवार्डसमेत पाएको छु । तर, हाम्रो देशले मेरा गुणहरू पहिचान गर्नै सकेन । लाग्छ, हाम्रो देशमा प्रतिभा र क्षमताको वेवास्ता गरिन्छ ।’
९० को दशकमा भारतीय संगीतिक जगतमा आफ्नो जादु चलाएका कुमार सानु आजपनि उतिकै चर्चित छन् । उनका गीतहरू आजपनि उतिकै लोकप्रिय छन् । आफ्नो सांगीतिक करियरको दौडमा रहेका सानुले केही समय राजनैतिक जीवनको पनि अनुभव गरे । तर, राजनैतिक जीवन उनका लागि प्रिय बन्न सकने र सांगीतिक करियरमा उनी आज पनि सक्रिय छन् ।एजेन्सी





























प्रतिक्रिया