विर्ख विश्वकर्माको कारुणिक गीत “विधुवा” बजारमा (भिडियोसहित)

विर्ख विश्वकर्माको कारुणिक गीत “विधुवा” बजारमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

मन्जरी गीतबाट चर्चामा आएका गायक तथा सर्जक विर्ख विश्वकर्मा मार्मिक गीत विधुवा लिएर आएका छन् । 

विर्ख विश्वकर्मा र भावना धामीको स्वर रहेको उक्त गीतलाई उनले आफनो गृह जिल्ला जुम्ला पुगेर भिडियो निर्माण गरेका छन् । विश्वकर्माको आफ्नै शब्द तथा संगित रहेको उक्त गीतमा तिलक ओलीले म्युजिक एरेन्ज गरेका छन् । 

कोरोनाका कारण सरकारले लकडाउन गरेको बेला जुम्लाको पर्यटकीय स्थल सिञ्जामा पुगेर भिडियो निर्माण गरिएको हो । गीतले दर्शक तथा श्रोताहरुको मन जित्नेमा विश्वकर्मा ढुक्क छन् । मौसम प्रतिकुल भइदिंदा भिडियो निर्माण गर्न एक हप्ता लागेको भिडियोका निर्देशक पदम विन्दास रोकायले जानकारी गराए । 

भिडियो रोकाय आफैंले खिचेका हुन् भने सम्पादन मिन रावलले गरेका छन् । आफूले माया गरेको मान्छेको अचानक मृत्यु भएपछि जीवनमा आउने भोगाइलाई गीत तथा कथाले बोकेको छ। भिडियोमा गोमान सिंह सार्की र निरु आरसीको अभिनय हेर्न सकिन्छ भने बाबा इन्टरटेन्मेन्ट टिभीले उत्पादन तथा बजार ब्यवस्थापन गरेको छ।

Logo