नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको दशौं संस्करणको ‘नेफ्टा अवार्ड २०७७’मा चलचित्र ‘छक्का पञ्जा ३’ ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।
२०७५ साल भरमा प्रदर्शनमा आएका चलचित्रहरुलाई समावेश गरिएको उक्त अवार्डमा चलचित्र ‘प्रसाद’बाट विपिन कार्कीले उत्कृष्ट अभिनेता तथा चलचित्र ‘साँइली’बाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् ।
अवार्ड समारोहमा विशेष गरि चलचित्र ‘छक्का पञ्जा–३’ र ‘प्रसाद’को बर्चस्व रह्यो । जहाँ, दुवै फिल्मले ६/६ विधामा अवार्ड हात परेका थिए ।
२०७५ मा सार्वजनिक चलचित्रका निर्देशक मध्ये ‘छक्का पञ्जा ३’बाट दीपाश्री निरौला उत्कृष्ट घोषित भइन् भने, पपुलर अभिनेता र अभिनेत्रीको अवार्ड अनमोल केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहले हात पारे । यस्तै चलचित्र ‘इन्टुमिन्टु लन्डनमा’ बाट धिरज मगरले उत्कृष्ट डेब्यु अभिनेता तथा ‘ए मेरो हजुर ३’ बाट सुहाना थापाले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड जितेका छन् । यस्तै चलचित्र ‘हरि’ ले जुरी अवार्ड प्राप्त गर्यो ।
‘चलचित्रकर्मीको वास्तविक सम्मान’ भन्ने मूल नारासहित आयोजित अवार्ड कार्यक्रममा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई रु ५१ हजार १ सय ११ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो ।
शनिबार सोल्टी क्राउन प्लाजामा आयोजित अवार्ड समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतासहित विभिन्न अग्रज तथा नयाँ कलाकर्मीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । अवार्ड कार्यक्रमलाई ड्रिम हाइ नेपालले सहकार्य गरेको थियो ।
अवार्ड समारोहमा उत्कृष्ट घोषित अन्य विधागत विजेताहरूको सूची :
मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)
कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)
कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियो)
ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियो)
गीतकारः लै लै, गणेश शाह (प्रसाद)
संगीत निर्देशक : लै लै, सुवास भुषाल (प्रसाद)
संगीत एरेन्जर : लै लै, उदयराज पौडेल (प्रसाद)
गायक(पुरुष) : लै लै, केतन क्षेत्री (प्रसाद)
गायिका (महिला) : समीक्षा अधिकारी (नाइँ नभन्नू ल ३)
कथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)
पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवाद : सुशील पौडेल (प्रसाद)
ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्स : आई ड्रिम एनिमेसन, रोमियो एन्ड मुना
रङ संयोजन : अर्जुन कार्की (हरि)
आदिवासी जनजाति : प्राङ्ना (तामाङ फिल्म)
सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)
सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियो)
अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाडौं)
अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर)
डेब्यु अभिनेत्री (महिला) : सुहाना थापा (ए मेरो हजुर)
डेब्यु अभिनेता (पुरुष) : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)
सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)
छायांकार : चिन्तनराज भण्डारी (हरि)
पपुलर अभिनेत्री : साम्राज्ञी राज्यलक्ष्मी शाह
पपुलर अभिनेता : अनमोल केसी
पपुलर फिल्म : छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म : हरि
अभिनेता : बिपिन कार्की (प्रसाद)
अभिनेत्रीः मेनुका प्रधान (साइँली)
निर्देशकः दिपाश्री निरौला (छक्का पञ्जा ३)
फिल्मः छक्का पञ्जा ३
तस्विरः नेपालप्रेस डट कमबाट





























प्रतिक्रिया