‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि अडिसन सम्पन्न

‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि अडिसन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि कलाकारको अडिसन आइतबार सम्पन्न भएकाे छ । लामो समयदेखि चलचित्रको रिमेक निर्माणको चर्चा चलिरहँदा आइतबार कलाकार छनोटका लागि अडिसन सम्पन्न गरिएको हो।

अडिसनका लागि करिब दुई हजार जनाले इमेल पठाएको र त्यस मध्येबाट ८०० जनालाई बोलाइएको निर्माण पक्षले जानकारी दिएको छ।

बानेश्वरको एभरेष्ट फिल्म एकेडेमीमा सम्पन्न अडिसनमा निकै नै उत्साहजनक सहभागिता रहेको निर्देशक विशाल सापकोटाले बताए। अब चाडै नै चलचित्रका लागि मुख्य कलाकारहरू फाइनल गरेर वर्कसपमा लाग्ने निर्माण पक्षले जनाएको छ। 

नेपालमा विदेशी चलचित्रको राइट्स नै खरिद गरेर निर्माण हुन लागेको यो पहिलो चलचित्र हो । चलचित्रलाई ‘युवा फिल्म्स’को ब्यानमा निर्माण गरिनेछ।

तलेगु र हिन्दी दुवै भर्जनमा सफलता पाएको चलचित्रको नेपाली रिमेक बनाउने काम निकै चुनौतीपूर्ण भएपनि नेपाली चलचित्रको क्रेजलाई विश्व माझ पुर्याउने एक अवसरका रूपमा लिएको निर्देशक सापकोटाको भनाइ छ।

‘युवा फिल्म्स’ले यस अघि चलचित्र ‘सफर’ को निर्माण गरेको थियो।

Skip This
Skip This
Logo