अभिनेत्री शिल्पा सेट्टीद्वारा कमब्याकसहित फिल्म ‘हंगामा २’ को ट्रेलर सार्वजनिक

अभिनेत्री शिल्पा सेट्टीद्वारा कमब्याकसहित फिल्म ‘हंगामा २’ को ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

बलिउड फिल्म ‘हंगामा २’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्मलाई डिज्नी प्लस हटस्टारको ओटिटी प्लेटफर्मबाट २३ जुलाईमा रिलिज गर्ने तयारी सहित ट्रेलर सार्वजनिक गरिएको हो।  

डिज्नी प्लस हटस्टारबाट २३ जुलाईमा रिलिज हुने फिल्ममा परेश रावल, शिल्पा सेट्टी, मीजान जाफरी, जोनी लिवर, राजपाल यादव, प्रणिता सुभाषलगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई साउथ तथा बलिउडका सफल निर्देशक प्रियदर्शनले निर्देशन गरेका हुन्।

यसै फिल्मबाट अभिनेत्री शिल्पा सेट्टीले कमब्याक गर्दैछिन। सन् २००७ को फिल्म ‘अपने’पछि शिल्पा १४ वर्षको अन्तरालमा मुख्य भूमिकामा देखिन लागेकी हुन् । सन् २००३ मा रिलिज भएको फिल्म ‘हंगामा’ बक्सअफिसमा सफल ठहरिएको थियो । १८ बर्ष पश्चात निर्देशक प्रियदर्शन ‘हंगामा २’ मार्फत फिल्म बजारमा देखिन लागेका हुन् ।एजेन्सी 

 

Logo