काठमाडौं ।
आफ्नो बुलन्द बिचारधाराका कारण चर्चामा छाईरहने अभिनेत्री हुन् रेखा थापा । चलचित्रमा मात्र नभई वास्तविक जीवनमा पनि उनले आफूलाई निरड र स्वाभिमानी महिलाको रुपमा प्रस्तुत गरिरहेकी हुन्छिन् । उनी आफ्ना शब्दहरु प्राय महिला सशक्तिकरणका लागि खर्चिरहेकी हुन्छिन् ।
यस्तैमा आज काठमाडौंमा आयोजित महिला हिंसा सम्बन्धि एक कार्यक्रममा अभिनेत्री थापाले आफ्ना गहकिला शब्दहरुले महिलाहरुप्रति नेपाली समाजको निच सोचप्रति व्यङ्ग्य गरेकी छिन् ।
उनले छोरीचेलीलाई संस्कारी हुनुपर्छ भनि बच्चैबाट सिकाईने भएकोले नै उनीहरुले आफ्नो प्रतिरक्षा गर्न नसकेको र हरेक दिन बलात्कारका घटना हुने गरेको भनि छोरीलाई संस्कारी बनाउन छोडेर आफ्नो लागि लड्न सिकाऔँ भन्दै आक्रोश पोखेकी हुन् । हेर्नुहोस् भिडियोमा –





























प्रतिक्रिया