अन्तरिक्षबारे पाँच रोचक चलचित्रहरू (ट्रेलरसहित)

अन्तरिक्षबारे पाँच रोचक चलचित्रहरू (ट्रेलरसहित)

केन्द्रबिन्दु
0
Shares

अन्तरिक्ष रहस्यमयी छ। त्यसैले अन्तरिक्षबारे अनगिन्ती जिज्ञासा हामीमाझ छन्। अहिलेसम्म केही तथ्य पत्ता लागेका छन् भने केही कुराबारे कल्पनासमेतले हामीलाई आकर्षित गर्छ। 

अन्तरिक्षबारे यस्तै तथ्य र कल्पनामा आधारित केही चलचित्र छन्, जसलाई भुल्नै सकिँदैन। यस्ता पाँच चलचित्रको विवरण र ट्रेलरः

१. ‘इन्टरस्टेलार’ (सन् २०१४)
‘इन्टरस्टेलार’ को अर्थ हुन्छ ‘एक र अर्को तराबीच’। पृथ्वी जस्तै अर्को ग्रहको खोजीका लागि सूर्यजस्तै अर्को तारातर्फको तीन अन्तरिक्षयात्रीको यात्रा यस चलचित्रको मुख्य विषयवस्तु हो। चर्चित हलिवुड स्टार म्याथ्यु म्याकनग्वे अभिनित यो चलचित्र अन्तरिक्षसम्बन्धी अहिलेसम्मकै उत्कृष्ट चलचित्र पनि मानिन्छ। 
ट्रेलरः

२. ‘मुन’ (सन् २००९)
तीन वर्षसम्म चन्द्रमा (अंग्रेजीमा ‘मुन’) मा खानी सञ्चालन गरेर पुगेपछि त्यहाँबाट फर्कंदाको अनुभव कस्तो होला? स्याम रकवेल ‘स्याम बेल’ को भूमिकामा रहेको यो चलचित्रमा ‘स्याम’ले पृथ्वी फर्कन दुई हप्ता मात्र बाँकी रहँदा ठ्याक्कै आफूजस्तै अर्का ‘स्याम’ भेट्छन्।
ट्रेलरः

३. ‘ग्राभिटी’ (सन् २०१३)
नेपालीमा ‘ग्राभिटी’को अर्थ हुन्छ ‘गुरुत्वाकर्षण’। विभिन्न मानवनिर्मित भू–उपग्रह एक कक्षमा पृथ्वीको परिक्रमा गर्छन्। ‘ग्राभिटी’ चलचित्र त्यस्ता भौतिक वस्तुहरूको उपस्थिति पृथ्वीको कक्षमा बढ्दो रहेकाले टकराव हुन सक्छ भन्ने विषयमा आधारित छ।
ट्रेलरः

४. ‘द मार्सियन’ (सन् २०१५)
मंगल ग्रह (मार्स) मा जिउन सकिन्छ होला? यो प्रश्न वर्तमान विज्ञान जगतकै जल्दोबल्दो प्रश्न हो। ‘द मार्सियन’ मा यसै प्रश्नको उत्तरको कल्पना गरिएको हो। मृत भनेर मंगल ग्रहमै छोडिएका अन्तरीक्ष यात्रीले मलमूत्रलाई पुनर्प्रयोग गरेर आलु फलाएर चार वर्ष जीवन बिताउन सफल हुन्छन्। 
ट्रेलरः

५. ‘अपोलो ११’ (सन् २०१९) 
सन् २०१९ मा रिलिज भएको यो ‘डकुमेन्ट्री’ले चन्द्रमामा मानव अवतरणको कथालाई समावेश गरेको छ। सन् १९६९ मा अमेरिकाका निल आर्मस्ट्रंग, बज एल्ड्रिन र माइकल कोलिन्सको सफल चन्द्रमा यात्रा मानव इतिहासकै महत्वपूर्ण घटना मानिन्छ। यात्राको लागि प्रयोग भएको यान ‘अपोलो ११’ को नाममा वृत्तचित्रको नामकरण गरिएको हो। 
ट्रेलरः

(एजेन्सीको सहयोगमा)

Logo