मुस्ताङमा सुटिङ गर्न बलिउड निर्देशक सुरज जाने

मुस्ताङमा सुटिङ गर्न बलिउड निर्देशक सुरज जाने

केन्द्रबिन्दु
0
Shares

बलिउडका चर्चित निर्देशक सुरज बडजात्या नेपाल आउँदैछन्। राजश्री फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको ‘उचाइ’ को सुटिङका लागि उनी आज नेपाल आउन लागेका हुन्।

उनी सोमबार मुस्ताङ पुग्ने भएका छन्। बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइनेछ। 

फिल्ममा अमिताभ बच्चनसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहने फिल्मको लोकेसन तय गर्न निर्देशक सुरज आज नेपाल आउन लागेका हुन्। उनी काठमाडौं बसेर भोलि बिहान हिमाली भेगमा लोकेसन हेर्न हेलिकोप्टरमार्फत् प्रस्थान गर्नेछन्।

पहिलो चरणमा लुक्ला, नाम्चे आदि लोकेसन हेरेर फर्किएको टोलीले अब मुस्ताङमा सुटिङ हुने लोकेसन छान्ने भएको छ। पहिलोपटक बडजात्याले अमिताभ बच्चनसँग काम गर्न लागेका हुन्।

नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए। 

उनकै कम्पनीले तीन वर्षअघिदेखि भारतीय फिल्म कम्पनीसँग कुराकानी अगाडि बढाएको थियो । ‘मैले बारम्बार नेपालमा पनि विदेशको झैँ लोकेसन छ भनेर बलिउडका फिल्मकर्मीलाई भन्ने गरेको थिएँ,’ सुरजले भने, ‘कोरोनाले गर्दा केही समय ढिलो भयो।’

फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर छन् अरुण रेग्मी । यतिबेला सुरज र अरुण हिमाली भेगमा छायांकनका लागि लोकेसन हेर्न ट्रेकिङ गाइड तिलकराम राईसँग पुगेका छन् । यही टिमसँग सोमबार निर्देशक बडजात्याको टोलीले ज्वाइन गर्ने छ। 

‘उचाइ’ को छायांकन मनाङ, मुस्ताङ, लुक्लालगायतका हिमाली भेगमा हुनेछ । केही सुटिङ काठमाडौं आसपासमा पनि हुनेछ ।
‘हामीले काठमाडौंमा छायांकन गर्दा पनि नेपाली पर्यटनलाई टेवा पुग्ने लोकेसन छानेका छौं,’ रेग्मीले भने । उनले स्वयम्भू, बौद्धलगायतका स्थान छानिएको बताए ।

फिल्ममा डेनी डेन्जोङ्पाको पनि मुख्य भूमिका रहनेछ । चारजनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । 
 

Skip This
Skip This
Logo