सुनिल सेठ्ठीका छोराको डेब्यु फिल्मको ट्रेलर सार्वजनिक

सुनिल सेठ्ठीका छोराको डेब्यु फिल्मको ट्रेलर सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता सुनिल सेठ्ठीका छोरा आहान सेठ्ठीको डेब्यु फिल्म ‘तडप’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । पौने तीन मिनेट लामो ट्रेलरमा आहान एक्सनका साथै लभर ब्वाईका रूपमा प्रस्तुत भएका छन् । 

३ डिसेम्बरमा प्रदर्शन हुने फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको थियो । टिजरमा आहानलाई पछाडि मात्रै देखाएको छ । त्यसले दर्शकमा कौतुहलता पैदा गर्न पुग्यो । 

मिलन लुथरिया निर्देशित फिल्ममा आहानको जोडी तारा सुतरिया छिन् । भारतको उत्तराखण्ड, मसुरिका युवा इशान (आहान) र विदेशबाट आएकी रमिसा (तारा) बीचको प्रेमकथालाई प्रस्तुत गरिएको बताइने फिल्मको ट्रेलरले दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको छ ।  न्युज कारखाना

 

Logo