भारतीय सुपरस्टार रजनीकान्त अस्पताल भर्ना

भारतीय सुपरस्टार रजनीकान्त अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

भारतीय सुपरस्टार रजनीकान्त अस्पताल बिहीबार राति भर्ना भएका छन्। ७० वर्षीया रजनीकान्तकी पत्नी लताले एक नोट जारी गर्दै उनी नियमित परीक्षणका लागि चेन्नाईको काभेरी अस्पतालमा भर्ना भएको र एक दुई दिनमा ‘डिस्चार्ज’ हुने विश्वास ब्यक्त गरेकी छन्। 

रजनीकान्तका फ्यानहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। कतिपयले रजनीकान्तलाई फिल्म अभिनय छाडेर आराम गर्ने सल्लाह दिएका छन्। 

रजनीकान्त स्वास्थ्य परीक्षणका लागि हरेक वर्ष अमेरिका जाने गरेका छन्। यस वर्ष उनी १८ जुनमा अमेरिका गएर तीन हप्ता बसेका थिए। अघिल्लो वर्ष भने कोरोना महामारीका कारण उनी अमेरिका जान पाएनन्। उनले सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण गराएका थिए।

Skip This
Skip This
Logo