शाहरुखले किन आमिरलाई ‘काजोलसँग काम नगर्नू’ भने?

शाहरुखले किन आमिरलाई ‘काजोलसँग काम नगर्नू’ भने?

केन्द्रबिन्दु
0
Shares

आज २ नोभेम्बर। बलिउड स्टार शाहरुख खानको जन्मदिन। आजदेखि शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन्।

बलिउडमा शाहरुखलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ। किनकि उनले अभिनय गरेका अधिकांश फिल्म रोमान्टिक ड्रामाका छन्। शाहरुखको जोडीका रूपमा दर्शकले काजोललाई मन पराएका छन्। शाहरुख र काजोलको जोडी अभिनित अधिकांश फिल्मलाई दर्शकले रुचाएका छन्। काजोलसँग उनले पहिलो फिल्म 'बाजीगर' मा काम गरेका थिए भने पछिल्लो फिल्म थियाे 'दिलवाले'।

शाहरुखको बर्थ डेमा हामी आज यही रोमान्टिक अनस्क्रिन जोडीको एउटा रोचक जानकारी गराउँदैछौँ। याे जाेडीले दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता है, कभी खुशी कभी गम, माइ नेम इज खानलगायतका फिल्ममा सँगै काम गरे। त्यसपछि यो जोडी दर्शकमाझ प्रिय बन्यो।

तर, फिल्म बाजीगरको छायांकनको क्रममा शाहरुखले अभिनेता आमिर खानलाई काजोलसँग काम नगर्न सल्लाह दिएका थिए। आमिरले कुनै प्रोजेक्टलाई लिएर काजोलको बारेमा सोध्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। शाहरुखले उक्त समयमा काम गर्न नसकिने अभिनेत्री भन्दै काजोलको चर्चा गरे। यसको कारण थियो, पहिलोपटक काम सहकार्य भइरहेको थियो। पहिलोपटक काम गरिरहेका थिए र एक अर्कासँग चिनजान थिएन।

काजोलको बढी बोल्ने र टिप्पणी गर्ने बानी शाहरुखलाई मन परेको थिएन। काजोललाई पनि केही कुरामा शाहरुख ठिक लागेको थिएन। यसैले गर्दा छायांकनको क्रममा यी दुईको झगडा पनि भयो। यसलाई शाहरुख स्वयंले एक अन्तर्वार्ताको क्रममा बताएका छन्। यद्यपि जसरी छायांकनमा यी दुईको भेटघाट हुँदै गयो, एक अर्कालाई बुझ्दै गए। र, पछि यी दुई राम्रो साथी बने।

शाहरुखले अन्तर्वार्ताकै क्रममा भनेका छन्,’आमिरलाई काजोलको बारेमा प्रतिक्रिया दिएपछि मैले त्यही दिन बेलुकी फेरि फोन गरें। मैले मेरो व्यक्तिगत कारण त्यस्तो प्रतिक्रिया दिएको र काजोल राम्रो अभिनेत्री रहेको बताएँ। मन हल्का भयो। पछिल्लो समयसम्म मेरो मिल्ने साथीमध्येकी एक हुन् काजोल।' यी दुईको सम्बन्ध बेलाबखतमा बिग्रिने पनि गरेको छ, यद्यपि अन्त्यमा जीत मित्रताकै हुने गरेको छ। यी दुईलाई स्क्रिनमा जोडीको रूपमा दर्शकले अझै हेर्ने चाहना सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन्। 

Skip This
Skip This
Logo