अभिनेता दीपकराज गिरीको समूह र रोहित अधिकारीले निर्माण गर्ने फिल्मलाई हेमराज विसीले निर्देशन गर्ने भएका छन्।
रोहितसँग गाजलु फिल्ममा काम गरिसकेका हेमराजले पछिल्लो समय सोसल कमेडी जनरमा 'घामड शेरे' निर्देशन गरेका थिए। सोही फिल्ममा दीपकको समूहले फिल्ममा सहकार्य गर्ने प्रस्ताव गरेका थियाे। त्यसबेला सहकार्य नभए पनि दीपककाे समूह र विसीबीच सहकार्य हुन लागेको छ। दीपकको समूहले रोहितसँग 'छ माया छपक्कै' मा सहकार्य गरेको थियो।
हेमराजकै कथा रहेको फिल्ममा दीपकराजसँगै दीपाश्री निरौला र केदार घिमिरे 'माग्ने बुढो' को अभिनय रहनेछ। कथामा हेमराजसँग दीपकको समूहले छलफल गरेर स्क्रिन प्ले तयार गर्ने तयारी भइरहेको छ।
'हामीले कुराकानी अगाडि बढाएका छौँ र सहकार्य गर्छौँ', दीपकले भने, 'यो बेला एकआपसमा सहकार्य गरेर निर्माता सुरक्षित हुने र दर्शक पनि हलसम्म तानिने फिल्म बनाउनुको विकल्प छैन।' उनले आफ्नो टिम सहकार्यका लागि सदैव तयार रहेकोसमेत बताए।
'हामी सहकार्यका लागि तयार छौँ किनकि हाम्रो उद्देश्य नेपाली फिल्मको बजारलाई विस्तार गर्नु नै हो', दीपकले भने, 'हेमराजजीसँगको फिल्म सम्भवत: यो वर्षको अन्त्य वा आउँदो वर्षको पहिलो महिनामा छायांकनमा जानेछ।'न्युज कारखाना





























प्रतिक्रिया