सेलिब्रेटीको तिहार: कसले कसरी मनाउँदैछन् ?

सेलिब्रेटीको तिहार: कसले कसरी मनाउँदैछन् ?

केन्द्रबिन्दु
0
Shares

नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । अघिल्लो वर्षको भन्दा यसपालि परिस्थिति अलि सहज भएकाले जनमानसमा उत्साह पलाएको छ ।आम सर्वसाधारणझैँ फिल्म तथा संगीत क्षेत्रका सेलिब्रेटीहरू पनि विशेष तवरले तिहार मनाउने गर्दछन् । 

यसपालिको तिहार कुन सेलिब्रेटीले कसरी मनाउँदैछन् ? उनीहरूको योजना के छन् त ? 

यसपालि देउसी खेल्न जाने मन छ: भुवन केसी, अभिनेता

यसपालि अलि रौनक छ । चाडपर्व आएजस्तो लागेको छ । तर, पनि सावधानी भने अपनाउनुपर्छ । घरमा देउसी भैलो खेल्न आउनेहरूसँग नाचगान गर्न र उनीहरूले दिएको आशिष् लिन बडो आनन्द लाग्छ । मैले आफैँ देउसी भैलो नखेलेको त वषौँ भयो । नजिकका साथीहरू मिले भने यसपालि चाहिँ देउसी खेल्न जान मन लागेको छ । हेरौँ, माहौल कस्तो बन्छ । 

मेरी एउटी बहिनी छे, ऊसँग टीका लगाउँछु । घरमा सबै जना भेला हुन्छौँ । त्यो निकै रमाइलो पक्ष हो । तिहारपछि ‘पारस’ फिल्मको सुटिङ गर्ने योजना छ । त्यसको तयारी पनि चलिरहेको छ । संसारभरका दाजुभाइ दिदीबहिनीलाई तिहारको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

काठमाडौंमै मेरो भाइटिका: रेखा थापा, अभिनेत्री

यसपालि कोरोनाभाइरस संक्रमण घट्दै गएकाले अघिल्लो वर्षको भन्दा जनजीवन सामान्य हुँदै गइरहेको छ । त्यसैले यसपालि तिहार अलि खुलेर मनाउन पाइँदै छ । तर, पनि हामीले सजकता भने अपनाउनै पर्छ । मलाई रंगोली बनाउन आउँदैन । यसपालि लक्ष्मीपूजामा ‘ट्राई’ गर्छु । मम्मीसँग मिलेर सेल पकाउने, घरमा बत्ती लगाउने, फूलहरू सजाउने गर्छु । 

मलाई देउसी भैलो खेलेको हेर्न बडो आनन्द लाग्छ । सानोमा त खुब खेल्थेँ । अचेल त हेर्न रमाइलो लाग्छ । यसपालिको भाइटिका पनि काठमाडौंमै मनाउँछु । मेरा दुई जना दाइ हुनुहुन्छ, विराटनगरबाट एक जना दाइ टीका लगाउन आउनु हुन्छ । मैले टीका लगाउने गरेका कतिपय दाई भाइहरू बाहिर छन् । त्यसैले यसपालि सबैसँग टीका हुन्न होला । 

यी हुन् दाजुभाइ-दिदीबहिनी नभएका चर्चित नेपाली कलाकार

हरेक चाडपर्वको आ–आफ्नै विशेषताहरु हुन्छन्। केही समय अघि मात्र विदा गरेको दशैँलाई मान्यजनहरुको हातबाट टीका लगाउने, आशिष थाप्ने, विशेषगरि ठूला र सानाबीचको भौतिक, आत्मिय दुरीलाई हटाउने पर्वको रुपमा लिइन्छ भने दोस्रो ठूलो चाड तिहारलाई दिदीभाइ तथा दाजुबहिनीबीच प्रेम र आत्मियता बढाउने पर्वका रूपमा चिनिने गरिन्छ।

भाइटीकाका बेला दिदीबहिनीले दाजुभाइलाई दिने आर्शिवाद अझ महत्वपूर्ण मानिन्छ। त्यसैले एकअर्काबाट जति नै टाढा भएपनि भाइटीकाका बेला भने दिदीबहिनी दाजुभाईहरु जमघट हुने कोसिस गर्दछन्। तर एकातिर तिहारमा टीका लगाईदिन ज जसको दाजुभाइ दिदीबहिनी छन् उनीहरुको लागि यहि तिहार खुशीको पर्व बन्ने गर्दछ भने अर्कोतिर जसको दाजुभाई दिदीबहिनी छैनन् । उनीहरुको लागि भने यही तिहार दुःखी हुनुको कारण बनिदिन्छ। यही दुःख भुलाउन मानिसहरु भाइटीकाको दिन रानीपोखरी जाने गर्दछन् भने कतिपय मानिसहरु आफ्ना नजिकको दाजुभाइ दिदीबहिनीको हातबाट टीका लगाउने गर्दछन्। कतिपय आफ्नो मन मिल्ने अरु नै मानिसलाई दाजुभाइ दिदीबहिनीको रुपमा मानेर टीका लगाउने गर्दछन्। नेपाली कला क्षेत्रमा पनि त्यस्ता धेरै कलाकारहरु छन् जो भाइटीकामा टिका लगाईदिने दाजुभाइ दिदीबहिनीबिहिन छन्।

अनमोल केसी
पछिल्लो पुस्ताका निकै चर्चित र सफल अभिनेता हुन् अनमोल केसी । बुवा भुवन केसी र आमा सुस्मिता तामाङको एक्लो सन्तान भएकोले गर्दा पनि अनमोललाई तिहारमा टीका लगाईदिने कुनै दिदी या बहिनी छैनन्। तर पनि भाइटीकाको दिनमा अनमोलको निधार भने खाली हुँदैन। भुवन र सुस्मिताकी छोरी नभए पनि भुवन र उनकी जेठी श्रीमती विजया केसीबाट भने एक छोरी काजल छिन् र अनमोल हरेक वर्षको भाइटीकामा काजलकै हातबाट टीका लगाउँदै आइरहेका छन्। काजलका आफ्ना भाइ विवेक लामो समयबाट अमेरिकामै सेटल छन्। जसकारण उनी टीका लगाउन आउन सक्दैनन्। त्यसैले काजल पनि अनमोललाई नै टीका लगाउँदै आएकी छिन्। दुई आमाका सन्तान भएपनि अनमोल, काजल र विवेकबिच कुनै मनमुटाव छैन।

सुहाना थापा
आफ्नो डेब्यु चलचित्रबाट नै हजारौँ नेपाली दर्शकहरुको मन जित्न सफल अभिनेत्री सुहाना थापाको पनि तिहारमा टीका लगाईदिने कुनै दाजुभाई छैनन्। अभिनेत्री झरना थापा र निर्देशक सुनिलकुमार थापाकी एक्लि सन्तान सुहानापछि उनीहरुले दोस्रो सन्तानलाई जन्म दिएनन्। अमेरिकामै हुर्के बढेकी भएपनि सुहाना हिन्दु धर्ममा विश्वास गर्छिन् भने श्रीकृष्ण भगवानकी भक्त हुन्। त्यसैले हिन्दु संस्कृती अनुसार भाइटीकामा टीका लगाईदिन आफ्नै दाजुभाई नभएपनि आफ्ना नजिकका दाइभाई पर्ने हरुलाई भने उनले टीका लगाईदिँदै आएकी छिन्। भाइटीकासँगसँगै तिहार रंगीविरंगी फूलहरु र झिलीमिली बत्तीहरुको पनि पर्व भएकोले सुहानालाई तिहार निकै विशेष लाग्ने गर्दछ।

पूजा शर्मा
‘प्रेम गीत’बाट चम्किएकी अभिनेत्री हुन् पूजा शर्मा । उनी पनि आमाबाबुकी एक्ली सन्तान हुन्। भीजे हुँदै अभिनयमा भित्रिएकी पूजा दाजुभाइ नभए पनि तिहार विशेष लाग्ने बताउँछिन्। आफ्ना दाजुभाई नभएपनि विगतका वर्षहरूमा कहिलेकाहीँ नजिकका दाजुभाइ पर्नेलाई टीका लगाउने गरेको र कहिले नलगाइ बस्ने गरेकी छिन्। तर तिहार काठमाडौँमा रमाइलोसँग मनाउने सोचमा रहेकी उनको यसपाली भाइटीका लगाउने कुनै योजना भने छैन। अरूले आफ्नो दाजुभाइसँग रमाइलो गरेर टीका लगाएको देख्दा नरमाइलो लाग्ने गरेको अनुभव सुनाउने उनी तिहारको समयमा रानी पोखरीसमेत जाने गरेकी छन्।

परमिता राणा
अभिनेत्री तथा मोडल परमिता आर एल राणा एकल आमाको स्याहार सुसारमा हुर्केकी हुन्। उनी सानी छँदै उनको बुबाको देहान्त भएको थियो। त्यसपछि उनकी आमाले अर्को विवाह गरिनन् जसकारण उनी पनि दाजुभाइ दिदीबहिनीविहीन अभिनेत्री हुन्। निकै चन्चले स्वभावकी परमितालाई पनि तिहार निकै रमाईलो लाग्ने बताउँछिन्। उनी पनि आफूलाई मन लागेमा नजिकका दाजुभाई पर्नेहरुलाई टीका लगाउँदै आइरहेकी छिन्।

स्वस्तिमा खड्का
अभिनेत्री स्वस्तिमा खड्का पनि आफ्ना बाबुआमाकी एक्लि सन्तान हुन्। उनका पनि भाइटीकामा टीका लगाईदिने कुनै दाजुभाई छैनन्। तर दाजुभाई नभए पनि आफूलाई कुनै दुःख भने नलागेको उनको भनाइ छ। तिहारलाई निकै रमाइलो पर्वका रुपमा लिने उनी भाइटीकाको कारणले मात्र नभई अरु पनि धेरै कुराहरुले विशेष लाग्ने गरेको उनी बताउँछिन्। तथापी आफ्ना दाजुभाई नभएपनि आफन्त दाजुभाइहरुलाई भने उनले टीका लगाईदिने गर्छिन्।

रजनी केसी
अभिनेत्री रजनी पनि परिवारकी एक्लो सन्तान हुन्। दाजुभाइ नभए पनि रजनीका लागि तिहार त्यति खल्लो भने हुने गरेको छैन। सानैदेखि घरबाट छोरा जसरी हुर्कने मौका पाएकी उनी तिहारको हरेक दिन इन्जोय गर्ने बताउँछिन्  तिहारमा रङ्गोली बनाउन, दियो बाल्न विशेष मन पराउने उनी सेलरोटीकी पारखी पनि हुन्। उनी दाजुभाइ नभए पनि भाइटीका लगाउने बताउँछिन्। पहिलेदेखि नै आफ्नो रिलेसन पर्ने दाजुभाइलाई भाइटीका लगाउँदै आएकी उनले बाहिर पनि केहीलाई दाजुभाइ बनाएकी छन्। दाजुभाइ भएको भए कस्तो हुन्थ्यो होला भन्ने खुल्दुली तिहारको समय जहिले पनि उनको मनमा चल्ने गरेको छ।

आयुष्मान र आशिरमान जोशी
अभिनेताद्धय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी दाजुभाइ हुन्। नेपाली चलचित्र क्षेत्रमा यी दुई भाइले कुनै हिट चलचित्र त दिन सकेका छैनन् र पनि उनीहरुलाई मन पराउनेहरु भने धेरै छन्। उनीहरुको परिवारमा पनि भाइटीकामा टीका लगाईदिने कुनै दिदीबहिनी छैनन्। तर नेपाली चाडपर्वहरुलाई निकै रमाइलोसँग मनाउन खप्पिस यी दुई भाइको आफ्नै दिदीबहिनी नभएपनि निधार भने खाली हुँदैन। उनीहरु हरेक वर्ष आफ्ना नजिकका दिदीबहिनीहरुको हातबाट टीका लगाई रमाईलोसँग तिहार मनाउने गर्दछन्।

उपासना सिंह ठकुरी
चलचित्र क्याप्टेनबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री उपासनासिंह ठकुरी चलचित्र कबड्डी कबड्डी कबड्डीबाट निकै चर्चित भइन्। सुन्दर र सुशिल अभिनेत्रीको ट्याग पाएकी उपासना पनि दाजुभाइबिहिन हुन्। उनको परिवारमा उनीसहित ३ छोरीहरु छन्। तीन दिदीबहिनीबीच निकै राम्रो सम्बन्ध भएको कारण दाजुभाइ नै चाहिन्छ भन्ने उनलाई लाग्दैन। तथापी अरु समयमा दाजुभाई नभएकोमा केही जस्तो नलागे पनि भाइटीकाको समयमा भने खल्लो लाग्ने गरेको उनी बताउँछिन्। तर उनीहरु पनि आफ्ना नजिकका दाजुभाइहरुसँग मिलेर रमाईलोसँग तिहार मनाउने गर्दछन्।

शिल्पा पोखरेल
अभिनेत्री तथा निर्मात्री शिल्पा पोखरेल पनि दाजुभाइ नहुने अभिनेत्रीमा पर्छिन्। घरकी जेठी छोरी उनकी एक बहिनी छिन् सोनिया। दाजुभाइ नभए पनि तिहारमा उनको हात भने खाली हुँदैन। उनले निर्देशक विकाश रौनियारलाई दाइ मानेकी छिन्। भाइटीका पनि रौनियारलाई नै लगाउँदै आइरहेकी छिन्। विशेषगरि तिहारको समयमा खेलिने देउसी भैलो धेरै रमाइलो लाग्ने बताउने उनी यसपालीको तिहार रमाइलो गर्दै मनाउने बताउँछिन्।

आना शर्मा
अभिनेत्री आना शर्मा लामो समयबाट चलचित्र क्षेत्रमा देखिएकी छैनन्। पहिलो पटक चलचित्र जेरीमा अनमोलको अपोजिटमा देखिएकी उनी धेरैको मन मस्तिष्कमा बस्न सफल भएकी थिइन् । उनलाई पनि भाइटीकामा टीका लगाईदिने दाजुभाई छैनन्। परिवारकी कान्छी छोरी आनाका दुई दिदीहरु छन्। उनीहरुकी आमा रचना गुरुङले आफ्ना तिनवटै छोरीहरुलाई छोरा जसरी नै हुर्काएकीले उनीहरुले कहिल्यै दाजुभाइको कमि महसुस गरेनन्। त्यसैले हरेक वर्षको तिहार उनी आफ्ना दुई दिदीबहिनीहरुसँग नै मिलेर मनाउने गर्दछिन्।

संचिता लुइँटेल
संचिता लुइँटेल पनि दाजुभाइविहीन अभिनेत्री हुन्। घरमा जेठो सन्तानका रूपमा रहेकी उनका दुई बहिनीहरू सिवानी र समिता छन्। दाजुभाइ नभए पनि उनले प्रत्येक वर्षको तिहार विशेष तरिकाले मनाउने गरेकी छन्। उनी हरेक वर्ष काग तिहारदेखि भाइटीकाको दिनसम्म निकै व्यस्त रहने गर्दछिन्। दाजुभाइ नभएपनि दिदीबहिनीबीच एकअर्काेलाई टीका लगाएर उनले भाइटीका मनाउने छिन्। त्यसो त उनले केहीलाई दाजुभाइ बनाएकी पनि छन्। तर ती दाजुभाइलाई टीकाको दिन उनी फोनबाटै शुभ–कामना दिने गर्छिन्।

Skip This
Skip This
Logo