फिल्म ‘प्रपञ्च’को पहिलो गीत सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमका बिच ‘मुटुमा सास भर्ने आधार’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार सुमन थापा र मेनुका बिचको प्रेम देखाइएको छ ।
सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना भएको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वरमा गायन प्रस्तुत छ ।
असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको बिएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’ मा सिद्धार्थ सिंह, ध्रुव कोइराला, प्रकृति केसी, पियुस मगर, जोशना सिम्खडा, रुपशराज खड्का, मनिल तामाङ, सिजन तिवारी लगायतको अभिनय रहेको छ ।
गीत सार्वजनिक कार्यक्रममा फिल्म निर्देशक बिएस बलामीले ‘प्रपञ्च’ हेर्दा युवायुवतीले आफ्नै कथालाई अनुभव गर्ने बताए ।





























प्रतिक्रिया