फिल्म ‘कृष्ण लीला’ भाद्र ३ गते प्रर्दशनमा आउने भएको छ । नायिका श्रद्धा क्षेत्री र नायक पुष्प खडका अभिनीत फिल्म दीपक ओलीको निर्देशन छ ।
कृष्ण जन्माष्टमीको अवसरमा फिल्म प्रर्दशनमा आउने भएको हो । पीताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माताको रुपमा फिल्ममा छन् भने फिल्म प्रकाशराज कार्की र केबल तामाङहेको लगानीमा बनेको छ ।
फिल्मको कथा लक्ष्मण सुवेदीले लेखेका हुन् । रवीन्द्र झा, बुद्धि तामाङ, नवीन रेग्मी, भावना गुरुङ लगायतको अभिनय फिल्म ‘कृष्ण लीला’ मा देख्न सकिन्छ।
यस फिल्ममा ‘म निदाउँदा तिम्रो हात’ , ‘डियर बन्न मन छ’ नामक गित लोकप्रिय बनेको छ ।





























प्रतिक्रिया