पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

केन्द्रबिन्दु
42
Shares

ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ। वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताए। समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ। गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए।

चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ।

Logo