पशुपति मन्दिर शुक्रबारदेखि खुल्ला गरिने

पशुपति मन्दिर शुक्रबारदेखि खुल्ला गरिने

केन्द्रबिन्दु
0
Shares

बन्द पशुपतिनाथ मन्दिर शुक्रबारदेखि दर्शनार्थीका लागि खुल्ला हुने भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयको माघ २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरि पूजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुल्ला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुल्ला गर्ने निर्णय भएको विकास कोषले एक विज्ञप्ति जारी गर्दै जनाएको छ। 

विश्‍व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले जारी गरेको सूचनामा उल्लेख छ।

Logo