आज शेर्पा समुदायकाे ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

आज शेर्पा समुदायकाे ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

आज शेर्पा समुदायकाे पर्व, ग्याल्पाे ल्हाेसार। सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएकाे छ। 

फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको हाे। सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन्।       

ग्लाल्पो ल्होसार बौद्ध धर्मावलम्बीको पर्व हो। नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन्।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरि १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

Logo