रसुवाको उत्तरी भेगका तामाङ समुदायले तिर पर्व मनाएका छन्। आइतबार जिल्लाको उत्तरी भेगका तामाङ समुदायले हर्षोल्लासका साथ तिर पर्व मनाएका हुन्।
नयाँ वर्ष ग्याल्बो ल्होसारको तेस्रो दिन जिल्लाको उत्तरी भेग बृद्धिम, टिमुरे, लाङटाङ लगायतका स्थानमा तिर पर्व मनाइन्छ। तामाङ संस्कृतिको भेषभुषा पहिरनमा गत वर्ष जस्तै यो वर्ष पनि तिर हानेर याे पर्व मनाएको गोसाइकुण्ड गाउँपालिका ३ लिङलिङका स्थानीय कैसाङ तामाङले बताए।
वर्षौंदेखिको संस्कृति लोप हुन नदिन हरेक वर्ष सबै भेला भई यो पर्व मनाउने गरिएको उनले बताए। यो पर्वमा गाँउका युवाहरुले नाँचगान गर्छन्। तिर हान्ने प्रतियोगिता नै संचालन हुन्छ। तिर हान्ने प्रतियोगितामा विजेतालाई पुरस्कृतसमेत गर्ने गरिएको छ।
आपसी मेलमिलाप र सदभावको विकास गर्दै गाउँमा प्राकृतिक प्रकोप, रोग ब्याधि र अनिकाल नपरोस भनि गाउँका सबै जना भेला भई पूजाआजा गरि यो पर्व मनाउने गरिएको समेत उनले बताए।





























प्रतिक्रिया