वसन्तपुरमा चीर ठड्याइयाे, विधिवत सुरु भयाे फागु

वसन्तपुरमा चीर ठड्याइयाे, विधिवत सुरु भयाे फागु

केन्द्रबिन्दु
0
Shares

रंगको पर्व फागु आज बिहीबारदेखि विधिवत सुरु भएकाे छ। 

आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढाेका दरबारकाे गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याएसँगै देशभर फागुको विधिवत सुरुवात भएकाे हाे।

याे पर्व फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म अर्थात् आठ दिन मनाइन्छ। अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ।

फाल्गुन पूर्णिमाको दिन मनाइने होली यो वर्ष पहाडी क्षेत्रमा चैत ३ गते र तराई भेगमा चैत ४ गते मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

Logo