आज फागु पूर्णिमा मनाइँदै, यस्ताे छ किम्बदन्ती

आज फागु पूर्णिमा मनाइँदै, यस्ताे छ किम्बदन्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमा मनाइँदैछ।  प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ। 

आजको दिनमा विशेषरुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षाेल्लहासका साथ मनाइने गरिन्छ । 

किम्बदन्ती अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक क्रुर राक्षस थिए। उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे। उनका प्रह्लाद नाम गरेका छोरा थिए, जो भगवान विष्णुका परम भक्त थिए ।

हिरण्यकश्यपु आफूले आफूलाई बलवान ठान्दथे । तर, उनका पुत्र उनको आराधना नगरी विष्णु भगवानको आराधना गर्दथे । त्यो कुरा उनले सहन सकेनन् जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए।

अन्ततः उनको  योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नका निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलीकालाई प्रह्लादलाई काखमा राखेर अग्ग्नि कुण्डमा बसाए। तर, अग्निमा बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन। उल्टै होलीका भने भस्म भइन्। 

अन्त्यमा  हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए। होलीका दहनकै खुसियाली  मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्व कालदेखि चलिआएको धार्मिक मान्यता छ।

बिहीबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रबार तराई मधेशमा होलीको रुपमा मनाइँदैछ। 

फाइल फाेटाे
 

Logo