काठमाडाैं उपत्यकामा आज घाेडेजात्रा मनाइँदैछ। टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ।
चैत कृष्ण औंशीका दिन मनाइने जात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेकाे छ। नेपाली सेनाले अश्वकला, अश्व दौडलगायत प्रदर्शनी गरेर सैनिक मञ्च टुँडिखेलमा जात्रा मनाउने परम्परा छ।
उपत्यकामा घोडेजात्रा मनाउने परम्परा पनि मध्यकालदेखि नै प्रारम्भ भएको मानिन्छ। पहिले नयाँ वर्षलाई मनोरञ्जनात्मक बनाउनको लागि घोडेजात्रा पर्व मनाइन्थ्यो भन्ने कथनसमेत रही आएको छ।
हाल आएर हरेक वर्ष चैत्र कृष्ण औंशीका दिन घोडेजात्रा मनाउने गरिएको छ। जनविश्वासमा आधारित यस परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न नेपाली सेनाले घोडेजात्राको दिन नेपाल क्याभ्लरीकाे कमाण्डिङ अफिसरकाे नेतृत्वमा घोडाघोडीबाट कौशलपूर्ण एवं रोमाञ्चक कला प्रदर्शन गर्ने गरिन्छ।
फाइल फाेटाे





























प्रतिक्रिया